रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या बढ्यो | Khabarhub Khabarhub

रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या बढ्यो


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिडभाड हुने गरेको ९होमस्टे० घरबास सञ्चालक दुर्गा मगरले बताए ।

बिहीबारदेखि शुक्रबार टीकाको दिन र शनिबार तीन दिनमा झण्डै दुई हजारभन्दा बढी पर्यटक रौता घुम्न आएका छन् भने धेरै पर्यटकले रौता क्षेत्रमा नै बसेर दसैँ मनाएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए ।

त्यस्तै जिल्लाको ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टीकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको सङ्ख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए । मौसम सफा रहेको र अहिले चौदण्डी क्षेत्रबाट चारैतिरको रमाइलो दृश्य अवलोकन गर्न सकिने भएका कारण धेरै पर्यटक आउन थालेको संयोजक तामाङले बताए । चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी, मोरङ, झापा, इलाम, सप्तरी क्षेत्रबाट आउने गरेको चौदण्डी गढी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईको भनाइ छ ।

मौसम सफा भएका कारण चौदण्डीको भ्रमण र चौदण्डीबाट उत्तरपट्टिका सात वटा हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने र दक्षिणतिर सुनसरी, मोरङ, झापा, सप्तरी र सप्तकोशी नदीको अवलोकन गर्न सकिने हुनाले अहिले दसैँका समयमा धेरै पर्यटक आउने गरेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

यता रौता क्षेत्रमा दसैँका समयमा रौता पञ्चकन्या देवीको पूजाआरधना गर्न र दृश्य अवलोकन गर्न धेरै पर्यटक आएका हुन् । उत्तरतिर एकैपटक आठ हिमशृङ्खला र दक्षिणतिर तराईको सप्तरी, सिरहा, धनुषा, मोरङ, सुनसरी र बायनाकुलरबाट भारतको विहारसमेत अवलोकन गर्न सकिने हुनाले पनि यस क्षेत्रमा अहिले मौसम सफा भएको मौकामा धेरै पर्यटक आउने गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् ।

रौता क्षेत्रका झण्डै ५० भन्दाबढी होमस्टे तथा होटल र गाउँघरसमेत अहिले आन्तरिक पर्यटकले दिनरात भरिन थालेको रौतारानी होमस्टे सञ्चालक खिलराज मगरले बताए । रौता क्षेत्रमा आउने पर्यटक प्रदेश नं १ का तराईका जिल्ला र प्रदेश नं २ का तराईका जिल्लाबाट बढी भ्रमणमा आउने गरेको रौतामाई गाउँपालिकाले बताएको छ ।

रौता क्षेत्र समुद्री सतहदेखि उदयपुरको मध्य पहाडी क्षेत्रको दुई हजार मिटरको उचाइमा अवस्थित छ भने चौदण्डीगढी समुद्री सतहदेखि अठार सय मिटरको उचाइमा अवस्थित छ । दुवै क्षेत्रलाई जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । त्यस क्षेत्रमा विद्युत्, खानेपानी, यातायातका सुविधाको व्यवस्था गरिएपछि र लामो समयसम्म कोरोनाको कहरमा सुधार हुँदै गएका बेला दसैँका समयमा अहिले यी क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो । रासस

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : २० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको