म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने | Khabarhub Khabarhub

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार- दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । अहिलेसम्म आसियानका सदस्य राष्ट्रले एक अर्कोलाई हस्तक्षेप गरेका थिएनन् ।

म्यानमारको उथलपुथल अशान्ति अन्त्य गर्न त्यहाँको सेनाले केही पहल नगरेको आसियानले जनाएको छ ।

अगस्टमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सेना र लडाकुबीचको युद्ध जारी रहेकोले त्यहाँ लगाइएको संकटकाल अझै लम्बिन सक्ने संकेत गरेका थिए ।

आगामी २६ देखि २८ अक्टोबरसम्म ब्रुनाईमा आयोजना हुने आसियान सम्मेलनमा म्यानमारका सरकार प्रमुखलाई सहभागी हुन दिने कि नदिने भन्ने बारेमा शनिबार आपतकालिन बैठक बसेको थियो । बैठकमा म्यानमारलाई सहभागी गराउने विषयमा कुनै सहमति ननिस्कएको आसियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्यानमारका सैनिक नेताहरूले वार्ता नगरेको र देशमा तनाव अन्त्यका लागि कुनै पहल नगरेको आसियानले आरोप लगाएको छ । यसअघि आसियानका प्रतिनिधिले घरमै नजरबन्दमा रहेकी नेतृ आङ सान सुचीलाई भेट्न खोज्दा त्यहाँको सेनाले अनुमति दिएको थिएन ।

म्यानमारको राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको छविमा असर गरेको ब्रुनाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको आसियान सम्मेलन ब्रुनाईले आयोजना गर्दै छ ।

जुलाईमा आसियानले म्यानमारका जनरललाई दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न अनुरोध गरेको थियो । तर,आसियानको अनुरोधलाई म्यानमारले बेवास्ता गरेको थियो ।

सरकारलाई बहिस्कार गर्ने आसियानको निर्णय म्यानमारका सेनालाई ठूलो धक्का हुने विश्लेषकहरुले टिप्पणी गरेका छन्

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : २२ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्