विश्वभर ३ लाख ४२ हजार संक्रमित थपिए, मृतक कति? | Khabarhub Khabarhub

विश्वभर ३ लाख ४२ हजार संक्रमित थपिए, मृतक कति?

३ लाख ३१ हजार बढी संक्रमणमुक्त


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४२ हजार ६० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४३ हजार ४२३, अमेरिकामा ३३ हजार ९१०, रुसमा ३३ हजार २०८, टर्कीमा २८ हजार ५३७, भारतमा १४ हजार ७३ ब्राजिलमा ११ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५ हजार ३२५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसका छन् । त्यहा मात्रै एक हजार २ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४७२, अमेरिकामा ४६४, टर्कीमा २१२ र भारतमा १४६ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ३ लाख ३१ हजार ५११ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ ४८ हजार २४६, बेलायतमा ४० हजार ६०६, टर्कीमा २५ हजार ६११, भारतमा १९ हजार ७८५ र ब्राजिलमा १० हजार ११४ जना निको भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २४ करोड, ११ लाख ४९ हजार ३८६ पुगेको छ । त्यसमध्ये २१ करोड ८३ लाख ९४ हजार २२६ जना निको भइसकेका छन् भने ४९ लाख ९ हजार ६६० जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : १८ बजे

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल