तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।  दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ३९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६