सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय | Khabarhub Khabarhub

सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ ।

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्-

क) कागती

हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

ख) सुन्तला वा पुदिनाको जुस

सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।

ग) पत्रिका

धेरैलाई थाहा नहोला, तर पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।

घ) कफीको बियाँ

कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।

ङ) खाने सोडा

धेरैले फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दछन् । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : १९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक