अर्थविदहरूको नजरमा स्वागतयोग्य मौद्रिक नीति | Khabarhub Khabarhub

अर्थविदहरूको नजरमा स्वागतयोग्य मौद्रिक नीति


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको उद्योग, बैंक लगायत आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।

मङ्गलबार इन्स्टिच्युट फर स्ट्राटजिक एन्ड सोसियो–इकनमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञ वक्ताहरूले मौद्रिक नीतिको सराहना गरे ।

कार्यक्रममा मौद्रिक नीतिले समेटेका क्षेत्र, निरन्तता दिएका विषय र मौद्रिक नीतिका चुनौतीको विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र क्षेत्रलाई समेटेको बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे धारणा राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी । तस्बीर-खबरहब ।

कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूलाई मौद्रिक नीतिले राहत उपलब्ध गराउने नीति लिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले कोरोना महामारीको चपेटामा परेका उद्योगी र व्यवसायीहरूलाई प्रोत्साहन हुने खालको मौद्रिक नीति ल्याएको उनले बताए ।

विभिन्न क्षेत्रका अर्थविदहरूको सल्लाह सुझावसहितको मौद्रिक नीति आएकाले सबै क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

गभर्नर अधिकारीका अनुसार पुनर्कर्जालाई मौद्रिक नीतिले यस वर्ष पनि निरन्तरता दिएको छ, कर्जा भुक्तानीको अवधि पनि धेरै राखिएकाले व्यवसायी तथा उद्योगीहरूलाई सहज हुनेछ ।

मौद्रिक नीतिमार्फत कर्जा भुक्तानीको समयावधि अतिप्रभावित, मध्यम र कम प्रभावित गरेर एक वर्षसम्मको तोकिएको उनले बताए ।

उनले भने, ‘मौद्रिक नीतिले सकभर राष्ट्रिय उत्पादनमा लगानी गर्न प्र्रोत्साहन गरेको छ । समग्र क्षेत्रको अध्ययन गरेर मात्र मौद्रिक नीति ल्याएका हौँ ।’

राष्ट्र बैंकका पूर्व निर्देशक एवं अर्थविद् केशव आचार्यले यस वर्षको मौद्रिक नीतिले गत वर्षका नीतिलाई निरन्तरता दिनु राम्रो पक्ष भए पनि अन्य केही कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको छ, खपत पनि बढिरहेको छ । यसले समग्र अर्थतन्त्रमा असर पार्ने भएकाले यस्तो विषमा पनि मौद्रिक नीतिले ध्यान दिनुपर्छ ।’

समग्रमा मौद्रिक नीति स्वागतयोग्य रहेको उनले बताए ।

पाँच प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने कार्यविधि पनि आइसकेकाले गत वर्षभन्दा यस वर्ष सहुयित ऋण प्रवाहमा सहज हुने उनको भनाइ छ ।

प्रा. डा गोविन्द नेपालले कोरोना महामारीले प्रभावित क्षेत्रलाई सहुलियत प्रदान गर्नु र गत वर्षको नीतिहरूलाई निरन्तरता दिनु मौद्रिक नीतिको राम्रो पक्ष रहेको बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे धारणा राख्दै आईएसएसआरका उपाध्यक्ष प्रो. डा. गोबिन्द नेपाल । तस्बीर–खबरहब ।

विश्व नै डिजिटललाइजेसनमा गइरहेको अवस्थामा मौद्रिक नीतिले डिजिटल कारोबार अघि बढाउने कुरा गर्नु समयअनुकूल र सान्र्दभिक भएको उनको भनाइ छ ।

यो वर्ष पनि राम्रो नीतिसहितको मौद्रिक नीति आएकोले स्वागतयोग्य रहेको उनले बताए । उनले भने, ‘समावेशी हिसाबमा मौद्रिक नीति आएको छ, समग्रमा स्वागतयोग्य छ ।’

राष्ट्र बैंकले स्वरोजगार बनाउने उद्देश्यले ल्याएको विपन्न वर्ग कर्जा निकै राम्रो भएको नेपालले बताए । यो कर्जाले फाइनान्सलाई तिर्नुपर्ने चर्काे व्याजबाट जोगाउने उनको भनाइ छ ।

मौद्रिक नीतिले बैंकिङ तथा वित्तीय संस्थाहरूको स्थायित्वमा असर पर्छ कि भन्ने आफूलाई लागे पनि यस्तो नभएको उनले बताए ।

डा. रवीन्द्र पाण्डेले मौद्रिक नीति आउनुअघि राष्ट्र बैंकले केही पूर्व कर्मचारीहरूलाई बोलाएर सुझाब लिएको र ती कुरा पनि समेटेको बताए ।
कोरोना महामारीबाट मुक्त हुन अझै कम्तीमा पनि दुई वर्ष लाग्ने भएकाले यस्तो अवस्थामा आउने मौद्रिक नीतिले वित्तीय पक्षभन्दा व्यावहारिक पक्षमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

डा. पाण्डेले बितेका डेढ–दुई वर्षको समय र आगामी डेढ–दुई वर्षको समयलाई सामान्य रूपमा लिनुपर्ने र सोही अनुसार मौद्रिक नीति ल्याउँदा राम्रो हुने उनको भनाइ छ ।

अहिले नै कोरोना महामारी हटेको अवस्थामा पनि अर्थतन्त्र सुधार हुन कम्तीमा पनि दुई वर्ष लाग्ने भएकाले यस्तो अवस्थालाई समान्य रूपमा लिएर नीति ल्याउनुपर्ने उनले बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे धारणा राख्दै नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल । तस्बीर–खबरहब ।

नेपाल चेम्बरर्स अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले विस्तारित मौद्रिक नीतिको अपेक्षा गरे पनि सन्तुलित मौद्रिक नीति आएको बताए ।

उनले कोरोना महामारीको पहिलो लहरले क्षतविक्षत भएको निजी क्षेत्रलाई गत वर्षको मौद्रिक नीतिले धेरै राहत दिएको पनि बताए ।

गत वैशाखबाट कोरोनाको दोस्रो लहरले कोरोना महामारीले पुनः निजी क्षेत्र शिथिल भएको अवस्थामा मौद्रिक नीतिले राहत दिन्छ भन्ने धेरै अपेक्षा रहे पनि त्यसमा तरलताको अभाव देखिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे धारणा राख्दै आईएसएसआरका अध्यक्ष विश्वम्भर प्याकुरेल । तस्बीर–खबरहब ।

डा. विश्वम्भर प्याकुरेलले गत वर्षको मौद्रिक नीतिलाई केन्द्रबिन्दु बनाएर यस वर्षको मौद्रिक नीति जारी भएको बताए । गत वर्षकै नीतिहरूलाई केही संशोधन गरेर सोही मौद्रिक नीतिहरूलाई निरन्तरता दिएको उनले बताए ।

डा. प्याकुरेलले अहिलेको मौद्रिक नीतिले कोरोना महामारीका कारण प्रभावित अर्थव्यवस्था र व्यापारिक क्षेत्रलाई देशको वित्तीय स्रोतहरूमा पहुँच सहज बनाएर राहत दिने बताए । मौद्रिक नीतिले रिकभरी योजनालाई समर्थन गरेको उनको भनाइ छ । आफूले यस पटकको मौद्रिक नीतिले वित्तीय नीतिसँगको समन्वयको कमी हल गर्ने आशा राखेको डा. प्याकुरेलको भनाइ थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे धारणा राख्दै गोल्यान समूह र बैंक तथा वित्तीय संस्था नेपाल महासंघका अध्यक्ष पवन गोल्यान । तस्बीर–खबरहब ।

गोल्यान समूह र बैंक तथा वित्तीय संस्था नेपाल महासंघका अध्यक्ष पवन गोल्यानले ‘क’ वर्गका वैंकहरूलाई मर्ज गरेर घटाउँदै लैजाने नीतिगत व्यवस्थाको प्रशंसा गर्दै ‘ख’ र ‘ग’ वर्गका वैंकहरू आफैँ घट्दै गएकाले दुरदराजका मानिसहरूको बैंकिङ क्षेत्रमा पहुँच बढाउनुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थाहरूले अनावश्यक मुनाफा गरिरहेका छन् भन्ने आरोपको जवाफमा गोल्यानले अन्य क्षेत्रहरूको लेनदेनको तथ्यांक सार्वजनिक गर्न राष्ट्र बैंकलाई आग्रह समेत गरे ।

मुनाफा कमाउने अन्य क्षेत्रहरू धेरै रहे पनि उनीहरूले लेनदेनका विषय सार्वजनिक नगर्ने गरेको उनको आरोप छ ।

कार्यकममा सहभागीहरुका केही तस्वीरहरु-

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : ३८ बजे

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट