सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत १० लाख प्रदान | Khabarhub Khabarhub

सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत १० लाख प्रदान


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे ।

मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायू बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायू बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजार सम्मको स्वास्थ बीमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०