अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण | Khabarhub Khabarhub

अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानिस्तान कब्जा गरेसँगै विदशी मुलुकले धमाधम आफ्ना नागरिक फर्काइरहेको छ ।

कावुलस्थित हमिद करजाई विमानस्थलका दृश्य कारूणिक छन् । विमानमै झुन्डिनेदेखि विमानबाट खसेर केहीको मृत्यु भएको सम्म खबर सार्वजनिक भएका छन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको थियो ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज मिति २०७८/४/३२ मा बस्यो। बैठकले गरेका निर्णयहरू निम्न रहेका छन् :

  • उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण विस्तृत रूपमा संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ Online Registration Portal मा नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +977-9749326458(कन्सुलर सेवा विभाग), +977-9749326459 (परराष्‍ट्र मन्त्रालय) र +९१८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सम्बन्धित ब्यक्ति तथा परिवारका सदस्यहरुलाई अनुरोध गर्ने।
  • त्यहां कार्यरत नेपालीहरुले सामाजिक सञ्जालको प्रयोगबाट आपसमा सुरक्षा स्थिति तथा उद्दार सम्बन्धि सूचना आदानप्रदान गर्ने र माथिका नम्बर मार्फत सो को जानकारी नेपालमा उपलब्ध गराउन अनुरोध गर्ने।
  • उद्दारको प्रकृया शुरु भइ स्वदेश आउने क्रममा रहेका नेपालीहरुको नेपाल आगमन पश्चात् गर्ने कोभिड-१९ को परीक्षण तथा क्वारेन्टाइन लगायतका कार्यहरुको सहजताका लागि आवश्यक समन्वय गरी ब्यवस्था मिलाउने।

यस अघि माननीय गृहमन्त्री श्री बालकृष्ण खांणज्यूको समुपस्थितिमा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरू सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार सम्बन्धमा माननीय मन्त्रीज्यूले आवश्यक निर्देशन दिनुभएको छ।

कावुलबाट हिजो देखि नै त्यहा रहेका नेपालीहरुको सुरक्षित फिर्ती प्रकृया क्रमश:  शुरू भैसकेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सबै तर्फबाट कूटनीतिक पहल गरिरहेको छ। अफगानिस्तानमा रहेका नेपालीहरुको क्रमिक रूपमा स्वदेश आगमन १ – २  दिनमा शुरु हुंदैछ। त्यहां रहेका नेपाली नागरिकहरु र उनीहरुका रोजगारदाताहरुसंग यस अघि सार्वजनिक गरिएका टेलिफोन नम्बर, अनलाइन पोर्टल, भाइवर, ह्वाट्सएप तथा इमेल मार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयांदिल्लीस्थित नेपाली राजदूतावास नियमित सम्पर्कमा रहेको ब्यहोरा जानकारी गराइन्छ।

माथि उल्लेखित कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ६ बजेसम्म १३४ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गर्नुभएको छ।

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबारकाठमाडौँ।
2078/04/3२

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : ४० बजे

नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल