ललितपुर महानगरको बजेट पारित, पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा | Khabarhub Khabarhub

ललितपुर महानगरको बजेट पारित, पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ ।

महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ रु तीन अर्ब २४ करोड ३० लाख छुट्याएको छ ।

पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।”

वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी रु तीन करोड २५ लाख, आठ वटा वडालाई रु दुई करोड ५० लाख र सातवटा वडालाई रु दुई करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा रु तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा रु दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाखका दरले बजेट विनियोजन भएको छ ।

महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताए । यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उनले जानकारी दिए ।

त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि रु पाँच करोड बजेट छुट्याएको छ । वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा शुरु गरिने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि रु सात करोड र कोभिड विशेष कार्यक्रमका लागि रु पाँच करोड छुट्याएको प्रमुख महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : १५ बजे

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न

संरक्षणका पर्खाइमा शुक्लाफाँटाका ताल

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे

चिया निर्यातमा भारतीय अवरोध हट्यो  

झापा– भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात