कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता | Khabarhub Khabarhub

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

शनिबार नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटेका बेला प्रचण्डले नेपाललाई भेटेका हुन् ।

पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।

गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : १३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६