माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक | Khabarhub Khabarhub

माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल गर्ने भएको छ ।

सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवा सरकारमा माओवादीबाट दुई जना मन्त्री भइसकेका छन् । साथै कांग्रेसबाट पनि दुई जना मन्त्री भएका छन् ।

भोलि नै कंग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा रहेका कांग्रेस र माओवादी दुवैले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०