फरार अभियुक्त ७ महिनापछि पक्राउ | Khabarhub Khabarhub

फरार अभियुक्त ७ महिनापछि पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए ।

उनले भने, “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।”

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : ३५ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी