काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण प्राथमिकता | Khabarhub Khabarhub

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण प्राथमिकता



काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, कोभिडको मारमा परेका व्यवसायीलाई सहुलियत लगायतलाई प्राथमिकतामा राखेर बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने कार्यक्रम अघि सारेका छन् ।

सम्पदा संरक्षण प्राथमिकता

नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ ।

‘काठमाडौँ महानगरपालिकाको साँस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थाहरूलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ,’ भनिएको छ । काष्ठमण्डप पुनःनिर्माण कार्य सम्पन्न गर्ने भनिएको छ ।

महानगरका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरूको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्ने तथा संरक्षण प्रवर्द्धन गर्ने भनिएको छ ।

विद्युतीय सवारी करमा छुट

महानगरले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न विद्युतीय सवारी करमा शत प्रतिशत छुट दिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम अघि सारिएको छ ।

नाकामा भेइकल क्लिनिङ

काठमाडौँ उपत्यका भित्रिने सवारी साधनले ल्याउने धुलोका कारणले हुने प्रदूषण नियन्त्रणका लागि उपत्यका प्रवेशका नाकाहरूमा आधुनिक भेइकल क्लिनिङ सेन्टर निर्माण गर्ने कार्य यसै आर्थिक वर्षमा शुरू गर्ने भनिएको छ ।

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री र प्रयोगलाई प्रोत्साहन गर्ने महानगरले नीति छ ।

महानगर डाटा बैंक

महानगरभित्र भएका विकासका गतिविधि र व्यक्तिगत घटना लगायत अन्य तथ्यांक व्यवस्थित गर्न ‘महानगर डाटा बैंक’ स्थापना गर्ने भनिएको छ ।

खुला तथ्यांक अवधारणा क्रमशः कार्यान्वयन गर्ने र महानगरपालिकासँग सम्बन्धित प्रमुख सवालहरूमा सघन अन्तक्र्रिया गर्न ‘काठमाडौँ संवाद’ सञ्चालन गर्ने महानगरको नीति छ ।

लेखनवृत्ति

काठमाडौँ महानगरले आफ्ना गतिविधिहरूबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा प्रसार गर्न पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले दैनिक कामको बुलेटिन प्रकाशन गरी महानगरवासीलाई सुसूचित गराउने भएको छ ।

महानगरले जनप्रतिनिधि, शहरी योजना आयोगका पदाधिकारी तथा सहायक विज्ञ, स्थायी तथा करारमा कार्यरत कर्मचारी, शिक्षक, नेपाल भाषा सहायक प्रशिक्षक, वडामा कार्यरत सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका, दमकल सञ्चालनमा काजमा रहेका सशस्त्र प्रहरीहरूको रू. १० लाखको सामूहिक दुर्घटना बीमा र रू. १ लाखको स्वास्थ्य बीमाको व्यवस्था गर्ने भएको छ ।

करदातालाई विशेष छुट

महानगरले सहरी सेवा वितरण थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी बसोबास गर्ने व्यक्तिको लगत राख्ने भएको छ ।

वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल करमा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सो रकम छुट दिने भएको छ ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ ।

कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई सहुलियत दिइने भएको छ ।

कोरोनाबाट प्रभावित होटल, पर्यटनलगायतका क्षेत्रलाई पनि विभिन्न छुट दिने भनिएको छ ।

मेयर रिसर्च फेलोसिप

तथ्यमा आधारित नीति तर्जुमा गर्न ‘मेयर रिसर्च फेलोसिप’ अन्तर्गत महानगरपालिकाका विविध विषयहरूमा शोध गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।

उपत्यका एकीकृत विकास

सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलताको प्रवद्र्धन गर्ने, आवद्धतामा आधारित सहरी योजनाको तर्जुमा गर्ने र तथ्यमा आधारित नीति निर्माण तथा योजनाको तर्जुमा गर्ने भनिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक उत्थानशीलता, समुदायमा आधारित पूर्वाधार विकास, विद्युतीय प्रविधि प्रयोगमा व्यापकता, खाद्य हरित सहरको अवधारणा अनुरूपकोे विकास र जनस्वास्थ्य सेवाको प्रभावकारितामा अभिवृद्धि गरिनेछ ।’

‘पौरखी मेला’ र ‘रिभल्विङ फण्ड’

महानगरले ठूला आयोजनामा लगानी गर्न र उक्त आयोजनाहरूबाट प्राप्त हुने लाभको प्रतिफल प्रत्यक्षरूपमा आम महानगरवासीलाई प्रदान गर्न ‘काठमाडौँ महानगर बण्ड’ जारी गर्न आवश्यक कार्य आरम्भ गर्ने भएको छ ।

गुणस्तरीय तरकारी तथा खाद्यवस्तु उपभोग पाउने उपभोक्ताको हक सुनिश्चित गर्न प्रत्येक वडामा कम्तीमा एउटा नमुना उपभोक्ता सहकारी संस्था स्थापना गरी बजार सञ्चालन गर्ने भनिएको छ ।

महानगरपालिकाले महानगर सहकारी संघ (विशिष्टीकृत सहकारी संघ) को माध्यमबाट साना तथा घरेलु उद्योगको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्ने नीति लिएको छ ।

‘के–हब’ रणनीति बमोजिम छनौट भएका बढीमा २० वटा परियोजनालाई पाँच लाख रूपैयाँका दरले अनुदान दिइने भएको छ ।

उपत्यकाका स्थानीय तहहरू, काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गर्ने भनिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरूको पुनरुत्थानका लागि रिभल्विङ फण्ड स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।’

एक वडा एक नमूना विद्यालय

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जिम्मेवार र थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहन स्वरूप मासिक महानगरले मासिक एक हजार रुपैयाँ दिने भएको छ ।

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ । यसअन्तर्गत छनौट भएका ३२ नमुना विद्यालयहरूलाई नमुना सिकाई केन्द्र र तालिम हवका रूपमा विकास गर्ने भनिएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ४३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार