कांग्रेस बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु | Khabarhub Khabarhub

कांग्रेस बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार फेरि बस्ने गरि सकिएको छ । आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु भएको  हो ।

आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा यसअघि पदाधिकारी बैठकले गरेको निर्णयअनुसार भदौ १६ देखि १९ गतेसम्म गर्ने महाविधेशनका बारेमा छलफल शुरु भएको हो ।

आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा साउन १२ गतेदेखि स्थानीय तहमा अधिवेशन शुरु गर्ने र भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नवीकरणको काम भइरहेको बताएका छन् । क्रियाशील सदस्यताको विषयले महाविधेशन प्रभावित नभएको बताएका नेता लेखकले कोरोनाका कारण आगामी महाविधेशनको मिति हेरफेर गर्नुपरेको बताए ।

आगामी महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको कांग्रेसले अहिलेसम्म करिब ८ लाखले क्रियाशील सदस्यता लिएको नेता लेखकले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकले कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन