बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको प्रहरी जवान हरीशकुमार पाण्डेले जानकारी दिए ।

सडक एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारीसाधनलाई पालैपालो गन्तव्यतर्फ पठाइएको छ । बुटवल नारायणगढ सडकखण्ड भने अझै खुलेको छैन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ३९ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका