सगरमाथा आरोही बन्दै इवान | Khabarhub Khabarhub

सगरमाथा आरोही बन्दै इवान


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आइएएनएस)– हलिउड अभिनेता इवान म्याकग्रिगरले फिल्म ‘एभरेष्ट’मा अभिनय गर्ने भएका छन् । उनले दिवंगत ब्रिटिस पर्वतारोही जर्ज मेलोरीको भूमिकामा यो एडभेञ्चर फिल्ममा अभिनय गर्न लागेका हुन् ।

फिल्मको निर्देशन ‘द बर्न आइडेन्टीटी’ निर्देशक डाउग लिमानले गर्दैछन् । कथा लेखनको काम ‘अप इन द एयर’ लेखक शेल्डन टर्नरले गर्नेछन् ।

फिल्ममा मार्क स्ट्रङ र साम हुइगनले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन् । फिल्मका लागि छायाँकार मार्टिन रुहे, ओस्कार विजेता संगीतकार टी बोन बर्नेट र प्रोडक्सन डिजाइनर ओलिभर स्कोल छनोट भएका छन् ।

आगामी जुलाई ६ देखि १७ सम्म आयोजना हुन लागेको ‘कान्स फिल्म फेस्टिभल’मा हुने कान्स भर्चुअल मार्केटमा फिल्मको घोषणा गरिनेछ । फिल्मको छायांकन आगामी वर्षदेखि यूके र इटालीमा हुनेछ ।

जर्जले सन् १९२० को सुरुवातमा तीनवटा ब्रिटिस पर्वतारोही टोलीको समूहमा सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : १० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका