सुनचाँदी पसलमा डाका समूहले आक्रमण गर्दा पाँच जना घाइते | Khabarhub Khabarhub

सुनचाँदी पसलमा डाका समूहले आक्रमण गर्दा पाँच जना घाइते


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा सुनचाँदी पसलमा डकैती भएको छ । बुधबार राति सम्सी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा डाका समुहले डकैती गरेका छन् ।

करिब १० जनाको संख्यामा आएका डाकाको समूहले लुटपाटसहित आक्रमण गरेको हो । डाका समुहको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

डाका समूहबाट प्रहार भएको गोली लागेर पसल सञ्चालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । उनको ढाडमा गोली लागेको छ । उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको छ ।

त्यस्तै साहकी श्रीमती ४५ वर्षीया शुशीलादेवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचनकुमारी साह र १७ वर्षीय छोरा राजीव साह घाइते भएका छन् ।

उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । साहले आफ्नै घरमा सुनचाँदी पसल संचालन गर्दै आएका थिए । पसलमा मध्यराति लुटपाट भएको हो । घरको पछाडीबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेका पीडित परिवारले बताएका छन् ।

डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १७२ तोला चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरी झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १ : ४५ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार