कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड | Khabarhub Khabarhub

कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो ।

प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागिहरुले अहिलेको परिस्थितिमा डिजिटल रुपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा विज्ञबाट कार्यपत्र प्रस्तुति र प्यानल डिस्कसन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए ।

उनले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए ।

‘अहिले दूरसञ्चारर क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानवसेवाका निम्ति एकजुट हौं ।’

त्यस्तै, कार्यक्रम आयोजकका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्ध ताको खाचो रहेको बताए ।

‘प्रतिवद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’

नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै उनले यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनु पर्ने विचार राखेका थिए ।

‘कानुनले बाध्यकारी नबनाउँदासम्म यसमा प्रफेक्ट हुन गाह्रो छ,’ अध्यक्ष खनालले भने, ‘बाध्यकारी बनाएर नीति लागु गर्नुपर्छ ।’

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रति सजग गराए ।

‘कोभिडको बेलामा सबैभन्दा ठूलो कुरा सूचना प्रविधि रहेछ भन्ने महसुस भएको छ,’ उनले भने, ‘यो बेला अन्य कुनैपनि पूर्वाधारले काम नगरेको बेला सूचना प्रविधि पूर्वाधारले काम गर्दो रहेछ ।’

कार्यक्रममा आईटीयूका महासचिव हौलिन जाओले पठाएको सन्देश सुनाइएको थियो ।

कार्यक्रममा आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

भट्टराईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिनन योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भइनसकेको बताए । त्यसलाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले सहजकर्ता भूमिका खेल्नु पर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नु पर्ने विचार व्यक्त गर्नु भयो । यस क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न नसकेको बताए ।

नीति नियम बनाउँदा अलि अध्ययन गरेर बनाउनु पर्ने र यसमा राजनीतिक प्रतिवद्धता पनि जायर हुनुपर्नेमा जोडदिए ।

यसैगरी, ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा प्यानल डिस्कसनसमेत भएको थियो ।

प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डिप्युटी गर्भनर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आइसिटी विकास समितिका सभापति मंगेशलाल श्रेष्ठको स्रोत व्यक्तिको रुपमा सहभागिता रहेको थियो ।

छलफलमा सहभागी हुँदै अधिकारीले नेपालमा दूरसञ्चार क्षेत्रमा धेरै राम्रो काम भइरहेको र नयाँ नयाँ प्रविधिको परीक्षण भएको बताए ।

भण्डारीले राष्ट्रिय योजना आयोगले १५ औं योजनाले सूचना प्रविधि क्षेत्रलाई विशेष ध्यान दिएर अगाडि बढाएको बताउनु भयो । सबै नागरिकमा सञ्चार पहुँच पु¥याउने, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्योग सञ्चालन गर्ने नीति लिएको बताए ।

उनले दूरसञ्चार क्षेत्रको विकासको लागि ‘कनेक्टिभिटी’ सबैभन्दा ठूलो कुरो भएकोमा जोड दिए ।

कोभिडको कारणले संसारमा डिजिटल प्रविधिको आत्मसाथ २० देखि २५ प्रतिशत बढी भइरहेको तथ्यसमेत राखेका थिए ।

त्यस्तै, प्राधिकरणबाट अर्यालले मुलुकको दूरसञ्चार विकासमा विभिन्न तरिकाबाट काम भइरहेको भन्दै अहिलेको स्तरमा अझ सुधार गर्न आवश्यक रहेको बताए ।

त्यस्तै, मंगेशलाल श्रेष्ठले मुलुकमा डिजिटल इकोनोमी हुनुपर्ने भन्दै निजी क्षेत्र र सरकारी सँगसँगै कसरी जान सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमा सहभागी हुँदै नेपाल इन्टरनेट व्यसायी संघका तर्फबाट सुधिर पराजुलीले दूरसञ्चार क्षेत्रको विकासको लागि लागत मूल्य घटाउनु पर्ने बताए । नेपालमा अहिले पनि इन्टरनेटमा ४६ प्रतिशतभन्दा धेरै कर लागिरहेको भन्दै जसरी लागत कमगर्न सकिन्छ त्यसैअनुसार सेवा सस्तो बनाउन सकिने बताए ।

सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसंचार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइएको हो ।

नेपाल सन् १९५७ डिसेम्बरमा आइटियुको सदस्य राष्ट्र भएको थियो । सूचना प्रविधिको प्रयोगलाई अधिकतम जोड दिदै ग्रामिणक्षेत्रसम्म डिजिटल कनेक्टिभिटी तथा फाउण्डेशनको विकास गर्दै डिजिटल डिभाइड कम गर्दै लानु यस दिवसको उदेश्य रहेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा २ सय ५० बढिको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : ३४ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो