विद्यालय प्राङ्गणमा युवकको शव फेला | Khabarhub Khabarhub

विद्यालय प्राङ्गणमा युवकको शव फेला


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बकैया गाउँपालिकाको एक विद्यालय परिसरमा एक युवक मृत अवस्था फेला परेका छन् । बकैया गाउँपालिका वडा नम्वर–३ जलजले स्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

सोमबार विहान ५ बजे विद्यालय परिसरमा वाइवाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक वाइवा छारे रोगबाट पीडित रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १२ : ५२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न