सरकारले झुक्यायो, तातोपानी हुँदै ल्याइँने अक्सिजन सिलिण्डर अनुदानको हैन : व्यवसायी शेर्पा | Khabarhub Khabarhub

सरकारले झुक्यायो, तातोपानी हुँदै ल्याइँने अक्सिजन सिलिण्डर अनुदानको हैन : व्यवसायी शेर्पा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट तातोपानी भन्सार हुँदै आज नेपाल ल्याउन लागिएको अक्सिजन सिलिण्डर सरकारी अनुदानको नभएर ब्यापारिका प्रयोजनका लागि भएको खुलेको छ ।

यसअघि चीनबाट १८ हजार अनुदानको खाली सिलिण्डर नेपाल आइपुगेको समाचार सार्वजनिक भएपनि त्यो नभइ ब्यापारीक प्रयोजनका लागि आउन लागेको खुलेको हो ।

सिल्क ट्रान्सपोर्ट का अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले चीनबाट आज २५ सय थान सिलिन्डर तातोपानी नाकामा आइपुग्ने बताए । तर ती सिलिण्डर सरकारीस्तरबाट प्रचार गरिएको जस्तो अनुदानको नभइ ब्यापारिक प्रयोजनको भएको उनले बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘व्यवसायीहरुले ब्यापारीक प्रयोजनका लागि चीनबाट अक्सिजन सिलिण्डर ल्याउन लागिएको हो । आज २५ सय थान तातोपानी भन्सारमा आईपुग्छ, ब्यापारीक प्रयोजन भएकाले ब्यापारका लागि निरन्तर रुपमा अक्सिजन सिलिण्डर आउँछ ।’

अहिले ब्यापारीहरुले ल्याउन लागेको सिलिण्डर अनुदानको रुपमा नभएर ब्यापारिक प्रयोजनका लागि भएको उनले स्पष्ट पारे । उनले भने, ‘सरकारले अनुदामा ल्याउने या ल्याएको मलाई जानकारी छैन, अहिले आउन लागेको सिलिण्डर भने ब्यापारीहरुले ल्याएको हो ।’

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले आज केही सिलिण्डर तातोपानी भन्सार कार्यालयमा आइपुग्ने बताए । उनले भने, ‘आज अक्सिजन सिलिण्डर आउँदै छ, कति आउँदै छ भन्ने हामीलाई जानकारी छैन । आएपछि मात्र थाहा हुन्छ । अहिलेको अवस्थामा अक्सिजन संवेदनशील विषय भएकाले हामी स्टेन्डबाइ छौं ।’

आज ल्याउन लागिएको सिलिण्डर सरकार वा निजी व्यवसायी कसको भन्ने नखुलेको भन्सार प्रमुख गौतमले बताए । खबरहबसँग कुरा गर्दै गौतमले भने, ‘अक्सिजन सिलण्डर अउँदै छ तर, कसको हो भन्ने डकुमेन्ट हेरेर मात्र थाहा हुन्छ । अहिले नै भन्न सकिदैन ।’

व्यापारीले केही स्वास्थ्य सामग्रीसमेत नाकामा रोकिएको भन्दै त्यसको सहजीकरणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल मार्फत सरकारसमक्ष आग्रह गरेको बताएका छन् । ईश्वर पोखरेलका सचिवालयका एक कर्मचारीले खबरहबसँग भने, ‘अहिले ब्यापारीहरुले ल्याउन लागेको सिलिण्डर भन्सारमा आउँदैछ । त्यसको सहजीकरण भने हामीले गरेका छौं ।’

चिनियाँ सरकारको अनुदान सहयोगमा प्राप्त २० हजार मध्ये दुई हजार थान हवाई मार्गबाट र स्थलमार्गबाट १८ हजार सिलिण्डर आउने प्रक्रियामा रहेको ती कर्मचारीले स्पष्ट पारे ।

व्ययवसायीहरुका अनुसार अहिले तिब्बतको व्यापारिक केन्द्र खासामा आइसकेको ७५ सय थान सिलिण्डिर आइसकेको छ । त्यसमध्य २५ सय थान आज तातोपानी आइपुग्दै छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : १० बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत