भारतमा घट्दैछ संक्रमण, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा घट्दैछ संक्रमण, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ  ।

एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४  हजार ९२  संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : २५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द