अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ | Khabarhub Khabarhub

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागुऔषधसहित पक्राउ परेका हुन् ।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै नगद रु एक लाख १७ हजार र एक मोबाइलसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ४ : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६