योग गर्दा ध्यान दिनुपर्ने २० कुरा | Khabarhub Khabarhub

योग गर्दा ध्यान दिनुपर्ने २० कुरा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शरीर, मन र भावनालाई व्यवहारिक हिसाबमा सन्तुलित गर्न र तालमेल मिलाइ राख्ने एक साधन हो, योग । योग आसन, प्राणायाम एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी छ कि यसले सद्भाव र एकीकरणको सिद्धान्तमा पनि काम गर्छ । योग गर्ने भन्दैमा जथाभावी गर्नु हुँदैन । यसको आफ्नै विधी, नियम र तौर तरिका छ ।

योगको नियम
१. बिहानको खाली पेटमा योग गर्नु सबैभन्दा राम्रो हुन्छ ।
२. यदि खाना खाएको भए ४ घन्टापछि गर्नु राम्रो मानिन्छ ।
३. योग अभ्यास सकेको आधा घन्टापछि मात्र खाना खानु पर्दछ ।
४. नियमित न्युनतम २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।
५. योग गर्दा खुकुलो एवं सजिलो लुगा लगाउनु पर्छ । सुतिको कपडा भए उत्तम हुन्छ ।
६. योग गर्न शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नु राम्रो हुन्छ ।
७. चस्मा वा कन्ट्याक लेन्स लगाउनेहरुले अभ्यास गर्दा यसलाई झिक्नु पर्दछ ।
८. योग गर्दा दिसा पिसाब रोक्नुभन्दा सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।
९. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन । तल्लो पेट चलाउनु हुन्न ।
१०. महिनावारीका बेला ध्यान, प्राणायाम मात्र गर्नु पर्दछ ।
११. योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ ।
१२. अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल बढाउँछ ।
१३. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।
१४. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।
१५. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।
१६. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वासको समस्यामा प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।
१७. अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले पनि प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।
१८. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि वा विज्ञको सल्लाहमा मात्र गर्नुपर्छ ।
१९. दम, पाचन विकार, बाथ रोगको नियन्त्रण एवं निदानकालागि योग अपरिहार्य छ ।
२०. मानसिक, शारीरिक विकार हटाउन शरीरलाई स्वस्थ्य बनाउन योग महत्वपूर्ण हुन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ४५ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर