अवैधरूपमा भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

अवैधरूपमा भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुडीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् ।

यात्राका लागि आवश्यक कागजात पनि नभएको र भारतको नक्कली आधारकार्ड रहेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ज्याङ जुन र काइ लेङ रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु चीनबाट काठमाडौँ आई भारत प्रवेश गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

उनीहरू काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल(भारत सीमा क्षेत्रमा नक्कली आधारकार्ड देखाएर भारत प्रवेश गरेका थिए ।

उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्न खोजेका उनीहरूलाई चेकजाँचका क्रममा आवश्यक कागजात नभएको पत्ता लागेको सीआईएसएफको टोलीले जनाएको छ ।

हाल उनीहरूलाई बाघडुग्रा प्रहरी चौकीको हिरासतमा राखेर सोधपुछ गरिरहेको जनाइएको छ ।

पक्राउ परेका दुई जनामध्य एकजनाको पासपोर्ट रहे उनको भिसा छैन । अर्का व्यक्तिसँग कुनै कागजात नरहेको प्रहरीले जनाएको छ । यसअघि उनीहरू गत जनवरी ३ मा नेपालबाटै कराँचीसम्म पुगेको खुलेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन