के बेल्ट एन्ड रोड चीनको अधोगति हो ? « Khabarhub
Logo
१५ श्रावण २०७८, शुक्रबार

के बेल्ट एन्ड रोड चीनको अधोगति हो ?



गत हप्ता समापन भएको न्याशनल पिपुल्स कंग्रेसको बैठकमा चीनले कोरोना महामारीपछिको विश्वलाई जित्न एउटा ठूलो र महत्त्वपूर्ण रणनीति घोषणा गरेको छ । केही सञ्चार माध्यमले हङकङका सम्बन्धमा चीनले चालेको अप्रजातान्त्रिक कदमका विषयामा जोड दिँदा विदेशमा कनेक्टिभिटी बढाउने र आन्तरिक सांस्कृतिक समरूपता कायम गर्ने घोषणा चीनले गरेको छ । यी दुवै प्रत्युत्पादक हुने सम्भावना छ ।

चीनको एक महत्त्वपूर्ण रणनीति भनेको ‘एक पेटी एक सडक आयोजना (बीआरआई)’ हो । यो एक शृखलाबद्ध विकास पूर्वाधार निर्माण प्रक्रिया हो जसका माध्यमबाट एसिया, अफ्रिका र युरोपलाई जमिन र समुद्रिक मार्गबाट जोड्ने महत्त्वाकांक्षा छ ।

यसका लागि करिब १ दशमलव ३ ट्रिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ । योसँगै चीनले हालै ‘पोलार रेसम मार्ग’ को अवधारणा पनि सार्वजनिक गरेको छ । चीनले अघि सारेको अहम आन्तरिक नीति भनेको अल्पसंख्यक समुदायमा सांस्कृतिक समरूपता कायम गर्ने हो । यसले चीनलाई बलियो र एकीकृत बनाई राख्न सहयोग पुग्ने उनीहरूको विश्वास छ । यो नीतिको सतहमा हेर्ने हो भने यो गलत समयमा चालिएको गलत कदम हो भन्ने स्पष्ट हुन्छ ।

किन ? कनेक्टिभिटी राजनीतिक तवरमा तटस्थ विषय हो । यसले भित्री मनसायलाई नजानिँदो तवरले प्रवद्र्धन गर्छ । जुन बाटो रोमले विश्वलाई आफ्नो आधिपत्यमा लिन प्रयोग गर्‍यो त्यही बाटोको प्रयोगबाट रोमको विनाश पनि भयो ।

जर्मनीको पूर्वाधार विकासमा अमेरिकाले गरेको सहयोगले दोस्रो विश्व युद्धमा शान्ति कायम गर्न सकेन, विश्व युद्धपछिको शान्ति खलबल्याउन पनि सकेन । हामी अहिले विकेन्द्रीकृत युगमा बाँचिरहेका छौँ । जहाँ धेरैजसो राज्य अरूको पहुँचबाट बाहिर, खण्डित र आफू केन्द्रित भइरहेका छन् ।

चीन आफ्नो आर्थिक प्रभाव अझै विस्तार गर्ने प्रक्रियामा छ । आफ्नो आर्थिक प्रभाव विस्तार गर्दा उसले आफ्नो व्यापार साझेदार मुलुकबाट सहयोग प्राप्त गर्न सक्छ, आफ्नो विभेदपूर्ण समाजबाट त्यो अर्थतन्त्र फैलाउन सक्छ । तर, यो आफैँलाई प्रत्युत्पादक हुने देखिन्छ । ऋणमा कमी आउन सक्छ भने आर्थिक सम्पर्क बिग्रिन सक्छ ।

आर्थिक कनेक्टिभिटी अघि सारेर अधिक राष्ट्रिय पहिचानको मुद्दाले वर्तमान समयको पदचाप पछ्याउन सक्दैन । चीन केही समयका लागि माथि जाला तर आफ्नो लक्ष्य प्राप्तिभन्दा अघि नै ऊ थाकिसक्नेछ ।

चीनले अख्तियार गरेको नीतिले उसको शक्ति बढाउनुको साटो उक्त नीतिले अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा विभाजनको काम गर्नेछ । अन्तर्राष्ट्रिय हिसाबमा ऊ आफ्ना मित्र गुमाउँदै एक्लो हुनेछ । निश्चिय पनि चीन एक ठूलो र शक्तिशाली देश भएकाले सम्पूर्ण रूपमा ऊ एक्लिन्छ भन्न त सकिँदैन । उसको शक्तिका कारण केही देश ऊप्रति चुम्बकीय हिसाबमा आकर्षित हुन सक्छन् ।

सत्य के पनि हो भने चुम्बकले जति आकर्षण गर्छ विकर्षण पनि सोही हिसाबमा गर्छ । जसले गर्दा राज्यहरू शक्तिकेन्द्रसँगको सम्बन्धमा सन्तुलित हिसाबमा रहन चाहन्छन् । तानाशाही शासनप्रति सहानुभूति राख्ने देश, भ्रष्टाचारमा चुर्लुम परेको देश र आन्तरिक राजनीतिमा दमन प्रयोग गरिरहेको देश चीनसँग एकाकार हुन सक्छन् ।
धेरै देश चीनको पक्षमा हुने छैनन् जसले गर्दा उसको विरोधी खेमा बलियो हुने सम्भावना रहन्छ । यो प्रक्रिया कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । जपान–भारतले बीआरआईलाई लक्षित गर्दै एसिया–अफ्रिका विकास कोरिडोरको घोषणा गरिसकेका छन् । मलेसियामा बीआरआई परियोजना विरुद्ध भएका नेताले निर्वाचन जितेका छन् ।

चीन सरकारको वर्तमानको नीतिका कारण आन्तरिकरूपमै पनि ऊ अप्ठेरोमा पर्न सक्नेछ । भूमण्डलीकरणको यो युगमा चीनले अङ्गीकार गरेको राष्ट्रवादी नीति र विदेशीलाई मन नपराउने नीतिका कारण चिनियाँ समाजभित्र नै आगो बल्ने सम्भावना छ । दुनियाँभर सफलता प्राप्त गरेको दक्षिणपन्थी नीतिलाई एसियाले हावा खुवाइदिएको थियो । चीनको यो नीति पनि त्यसरी नै असफल हुनसक्छ ।

चीनले विदेशी भूमिमा राज्यकोष सक्दै गर्दा आन्तरिक रूपमा उसले आफ्नो जनताबाट प्राप्त गर्नुपर्ने सहयोग नपाउन सक्छ । स्वास्थ्य र समाजिक सुरक्षाका क्षेत्रमा पछि रहेको चीनले बीआरआईमा खर्च गर्ने पैसा यो क्षेत्रमा गर्दै छैन । यो नीतिका कारण एक हिसाबमा चिनियाँ जनतामा निराशा पैदा गरेको छ ।

महामारीले यो समस्य झनै बढाएको छ । गल्ती गरेको अवस्थामा चीनसँग प्रतिस्पर्धात्मक पार्टी व्यवस्था र संस्थागत लचिलोपनको अभाव छ जसले गल्ती तत्काल सुधार्न गर्न सकोस् ।

नेपोलियनले ‘आफ्नो शत्रुले गल्ती गर्दा हस्तक्षेप नगर्नुहोस्’ भनेका थिए । जति धेरै जिततर्फ उन्मुख हुन्छौँ, त्यति नै धेरै गल्ती गर्ने खतरा हुन्छ । आज चीनले विश्वासका साथ आफ्नो प्रभाव विस्तार गर्दैछ, आफ्नो राजनीतिक पहुँचको विस्तारका लागि बाटो निर्माण गर्दैछ । भोलि यिनैमध्ये कुनै उसको पतनको कारण बन्न सक्छ ।

हाल कुनै फाइदा नदिएका दुई नीतिलाई चीनले बढवा दिइराखेको छ । एउटा हो, राष्ट्र प्रेमको भावना । अन्तक्र्रियाको दर बढाउँदै आफ्नो संस्कृति विस्तार गर्ने उसको नीति रहेको छ । तिब्वत र सिङजियानमा भने यस्तो भएको छैन । काजकिस्तान, केनिया, जिम्वावे, जहाँ बीआरआई परियोजनाले समस्या खेप्दै छ, त्यहाँ पनि उसको यो नीतिले काम गर्ने देखिदैन ।

अर्को भनेको कन्फ्यूशियन संस्थाबाट उसले गर्ने लगानी हो । जसका माध्यमबाट ऊ विश्वमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ ।

अर्को नीति भनेको आर्थिक हो । चीन आफ्नो आर्थिक प्रभाव अझै विस्तार गर्ने प्रक्रियामा छ । आफ्नो आर्थिक प्रभाव विस्तार गर्दा उसले आफ्नो व्यापार साझेदार मुलुकबाट सहयोग प्राप्त गर्न सक्छ, आफ्नो विभेदपूर्ण समाजबाट त्यो अर्थतन्त्र फैलाउन सक्छ । तर, यो आफैँलाई प्रत्युत्पादक हुने देखिन्छ । ऋणमा कमी आउन सक्छ भने आर्थिक सम्पर्क बिग्रिन सक्छ ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार र युरोपियन युनियनले धेरै काम गरेका छन् तर उनीहरूले उत्तर अमेरिका र युरोपको अर्थतन्त्रको आधारभूत मान्यतामा कुनै बदलाव ल्याएका छैनन् । उनीहरूबीचको सघन कनेक्टिभिटीले यी महादेशमा कुनै परिवर्तन नल्याउँदा एसियामा कनेक्टिभिटीले ठूलै फरक पार्छ भनेर कसरी विश्वास गर्ने ? चीनको आकारकै कारण उसले एसिया क्षेत्रमा आफ्नो प्रभाव जमाउन सक्छ, यसमा कुनै दुई मत छैन ।

चीनले अख्तियार गरेको नीतिले उसको शक्ति बढाउनुको साटो उक्त नीतिले अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा विभाजनको काम गर्नेछ । अन्तर्राष्ट्रिय हिसाबमा ऊ आफ्ना मित्र गुमाउँदै एक्लो हुनेछ ।

तर, कनेक्टिभिटी बढ्दैमा त्यस क्षेत्रको सापेक्षित शक्ति, आर्थिक वृद्धिदर र प्रभावमा नाटकीय परिवर्तन ल्याउन सक्दैन । पूर्वाधार विकासमा पुस्तौँदेखि लगानी गरे पनि आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) देशहरूले विगत ५० वर्षमा ठूलो आर्थिक असमानता व्यहोरेका छन् । उनीहरूमध्ये कतिपय देशले त वैधताकै संकट खेपेका छन् । यसमा चीनमात्रै फरक हुन्छ भनेर कसरी विश्वास गर्ने ?

नेपोलियनले ‘आफ्नो शत्रुले गल्ती गर्दा हस्तक्षेप नगर्नुहोस्’ भनेका थिए । जति धेरै जिततर्फ उन्मुख हुन्छौँ, त्यति नै धेरै गल्ती गर्ने खतरा हुन्छ । आज चीनले विश्वासका साथ आफ्नो प्रभाव विस्तार गर्दैछ, आफ्नो राजनीतिक पहुँचको विस्तारका लागि बाटो निर्माण गर्दैछ । भोलि यिनैमध्ये कुनै उसको पतनको कारण बन्न सक्छ ।

(जोसेफ एम परेन्ट नोट्रे डेम विश्वविद्यालयका राजनीतिशास्त्रका प्रध्यापक हुन् । उनी हंस जे मोर्गेथाऊ कार्यक्रम अन्तर्गत ग्रान्ड स्ट्राटेजिका सहनिर्देशक हुन् । १४ मार्च २०२१ मा द न्याशनल इन्टे«स्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0