तेस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित | Khabarhub Khabarhub

तेस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ ।

अहमदाबादमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

यस जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित रहदै ४० रन बनाए । डाविड मालन १८ रनमा आउट हुँदा जासन रोयले ९ रन बनाए ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

भारतका कप्तान विराट कोहलीले अविजित रहदै ७७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : १० बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको