'कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनरुत्थान प्राथमिकतामा' (भिडियोसहित) | Khabarhub Khabarhub

‘कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनरुत्थान प्राथमिकतामा’ (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनःउत्थानलाई प्राथमिकतामा राखेको बताएका छन् ।

आन्तरिक राजस्व विभाग र नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तर कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले यस्तो बताएका हुन ।

पुडासैनीले वत्तीय नीतिबाट कर छुट र मौद्रिक नीतिबाट व्याजमा सहुलियत, पुनःकर्जा र सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको जानकारी दिए ।

आर्थिक उत्थानका लागि मन्त्रालयले नीति क्षेत्रलाई धेरै कुरामा सहुलियतको व्यवस्था गरिएको उनले बताए ।

उनले कर प्रणालीको सुदृढिकरण र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि नीजि क्षेत्रसंगको छलफल र सुझाव अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै उनले राजस्वको संरचना परिवर्तन गरेपछि भन्सार कर घट्दै गएको र आयकरको दाायरा बढ्दै गएको भन्दै आफ्नो करको निर्धारण आफै गर्ने व्यवस्था पनि प्रभावकारी भएको जिकिर गरे ।

कोरोना महामारीकाबीच नीजि क्षेत्रले नेपालको आपूर्ति प्रणाली र राजस्वमा गरेको योगदान सकारात्मक रहेको भन्दै उनले सबै प्रकारका आर्थिक गतिविधीमा नीजि क्षेत्रलाई सहभागी गराउने नीति रहेको जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले करलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने सुझाव दिए । उनले कर प्रणालीमा देखिएका प्राविधिक समस्यालाई पनि मन्त्रालयले समाधान गर्नुपर्ने धारणा राखे

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधालाई सहज बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ५५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न