जापानी राजदूत र सभामुख सापकोटाबीच बिदाइ भेट | Khabarhub Khabarhub

जापानी राजदूत र सभामुख सापकोटाबीच बिदाइ भेट


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्‍निप्रसाद सापकोटासँग आज बिदाइ भेट गरेका छन् ।

कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुर रहेको बताए ।

उनले कोभिड-१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड-१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरे ।

भेटमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गरे । राजदूत साइगोले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे ।

साइगोले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६