प्रहरीले राजमार्गमा गरेको 'विपद् व्यवस्थापनको नमुना अभ्यास' देखेर आत्तिए यात्रु  | Khabarhub Khabarhub

प्रहरीले राजमार्गमा गरेको ‘विपद् व्यवस्थापनको नमुना अभ्यास’ देखेर आत्तिए यात्रु 



नवलपुर– पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा आज बिहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो ।

सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल पुग्यो । प्रहरी भ्यान पुगेलगत्तै चार वटा एम्बुलेन्स पनि आइपुगे ।

राजमार्गमा बस र ट्रकको बीचमा मोटरसाइकल च्यापिएको देखिन्थ्यो । सडकमा दुई जना रक्ताम्मे अवस्थामा पल्टिएका थिए । बसका यात्रुहरु चिच्चाइरहेका थिए । एकाएक प्रहरीले उद्धार गरी घाइतेहरुलाई स्ट्रे्चरमा राखेर एम्बुलेन्समा चढाइरहेका थिए ।

घाइतेको उद्धार गर्न झण्डै १५ मिनेट लाग्यो । दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र घाइतेको उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले घटनास्थलमै जानकारी दियो ।

तर, यो सबै वास्ताविक दुर्घटना नभई प्रहरीले सडक दुर्घटना विपद् व्यवस्थापनको नमुना अभ्यास गरेको थियो । दुर्घटना भनिएको बसका यात्रुहरु चिच्याउँदै ओर्लिँदा सडकमा देख्ने अन्य यात्रुहरु पनि झुक्किए ।

प्रहरीद्वारा गरिएको सडक दुर्घटना विपद् व्यवस्थापनको नमुना अभ्यास ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयकै आयोजनामा प्रहरीले विपद व्यवस्थापन कसरी गर्ने भनी नमुना अभ्यास गरिएको र यस्तो अभ्यास प्रदेशका सबै जिल्लामा भइरहेको गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृत प्रकाशशरण ढुंगानाले बताए ।

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा सबै भन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि दुर्घटना भइसकेपछि उद्धार कसरी गर्ने भन्ने कुराको अभ्यास आवश्यक भएको प्रहरीको भनाइ छ ।

राजमार्गको यो खण्डमा सडक दुर्घटना अत्याधिक हुने भएकाले दुर्घटनापछि घाइतेको उद्धार छिटो-छरितो र सुरक्षित तवरले गर्नका लागि यस्तो अभ्यास प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

घटना भइसकेपछि उद्धार गर्न ढिलाई गरिँदा पनि घाइतेको ज्यान जाने गरेको छ भने सही तरिकाले उद्धार गरिएमा शरीरका अंगहरुमा हुने क्षति कम गर्न सकिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ३९ बजे

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र