भागरथी हत्याका आरोपी भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

भागरथी हत्याका आरोपी भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत बैतडीले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपी दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

भागरथीको बलात्कारपछि हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आज नै दिनेशलाई सार्वजनिक गरेको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् । भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : २२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको