महिला लिग फुटबल : दुई खेल अगाबै एपीएफ च्याम्पियन | Khabarhub Khabarhub

महिला लिग फुटबल : दुई खेल अगाबै एपीएफ च्याम्पियन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय क्लब एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १-१ बराबरीमा रोकेपछि दुई खेल अगावै एपीएफ लिग च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा रहेको आर्मीलाई पुलिसले बराबरीमा रोकेपछि एपीएफले उपाधि जित्ने मौका पाएको हो । खेलको १७ औँ मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरेपछि पुलिसले खेलमा १–० को अग्रता बनाएको थियो।

तर दोस्रो हाफको खेलमा ५५ औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले १ गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो। यी दुई क्लबबीचको बराबरीसँगै १० खेलमा ३० अंक जोडेको एपिएफ आफ्ना दुई खेल अगावै च्याम्पियन बनेको छ।

एपीएफ जारी लिगमा अपराजित रहने एक्लो टोलीसमेत हो । अब एपीएफले बाँकी दुई खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ।

पुलिससँग बराबरी खेलेको आर्मी पनि जारी लिगको उपविजेता बनेको छ। आर्मीले ११ खेलमा २६ अंक जोडेको छ। यस्तै ११ खेलमा १५ अंक जोडेको पुलिस क्लब चौथो स्थानमा उक्लिएको छ।

प्रतियोगिताको उपाधि जितेसँगै एपिएफले १० लाख नगद पुरस्कार पक्का गरेको छ। यस्तै उपविजेता बनेको आर्मीले पनि आठ लाख नगद पक्का गरेको छ। अब प्रतियोगितामा तेस्रो हुनेले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्नेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन