महिला पुरोहितले गराईन् दियाको विवाह | Khabarhub Khabarhub

महिला पुरोहितले गराईन् दियाको विवाह


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री दिया मिर्जाले हालैमात्र वैभव रेखीसँग विवाह गरिन् । यो विवाह मुम्बईस्थित अभिनेत्रीको घरमा नै भएको थियो । जहाँ केही नजिकका आफन्त मात्र उपस्थित थिए ।

अभिनेत्री दिया बलिउडमा महिलावादको कुरा गर्न रुचाउछिन् । त्यहीकारण उनी जहिल्यै महिला हकको पक्षमा उभिन्छिन् । आफ्नो विवाहमा पनि उनले त्यही कार्यलाई निरन्तरता दिइन् ।

अक्सर विवाहमा पुरुष पुरोहितले कर्मकाण्ड गरिरहँदा उनले भने महिला पुरोहित शिला अट्टालाई कर्मकाण्डमा सहभागी गराइन् । उनले विवाहका केही तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । महिला पण्डितसहितको तस्वीरले निकै तारिफ पाइरहेको छ ।

‘शिला अट्टा हाम्रो विवाह गराइदिनुभएकोमा तपाईंलाई धन्यवाद । मलाई गर्व छ कि हामीले मिलेर पुस्ता समानतालाई अगाडि बढायौं’, दियाले ट्वीट गरेकी छन् ।

दियाले साधारण तरिकाले वैभवसँग दोस्रो विवाह गरेकी हुन् । निकै साधारण शैलीमा विवाह गरेकी दियाले विवाहमा रातो रंगको बनारसी साडी लगाएकी थिइन् । उनको शरीरमा साधारण किसिमका गहना मात्र थिए ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : १५ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार