ड्वेनले दोहोर्‍याए राष्ट्रपति महत्वाकांक्षा | Khabarhub Khabarhub

ड्वेनले दोहोर्‍याए राष्ट्रपति महत्वाकांक्षा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–हलिउड अभिनेता ड्वेन जोनसनले पुनः एकपटक आफ्नो राजनीतिक महत्वाकांक्षालाई व्यक्त गरेका छन् । उनले आफ्नो पुरानो घोषणालाई पुनः दोहोर्याउदै अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘फास्ट एण्ड फ्यूरियस’ अभिनेता ड्वेनले यदि जनताले चाहेमा आफू भविष्यमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेद्वार हुने प्रतिबद्धता दोहोर्याएका छन् ।

‘मैले जे भनिरहेको छु, त्यो कुरा पुर्ण विश्वासका साथ भनिरहेको छु । सबै कुरा जनतामा नै निर्भर हुन्छ । त्यसकारण अहिलेका लागि म प्रतिक्षा गरिरहेको छु र मानिसहरु के चाहन्छन् भन्ने कुरा ध्यानपूर्वक सुन्दैछु’, उनले भनेका छन् ।

ड्वेनले केही वर्ष पहिले पनि राजनीतिमा आउने इच्छा व्यक्त गरेका थिए । पूर्व रेसलर ड्वेन हालका दिनमा आफ्नो नयाँ सिरिज ‘यंग रक’को प्रमोसनमा व्यस्त छन् । उनको सिरिज एनबीसीमा फेब्रुअरी १६ मा रिलिज हुँदैछ ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन