कोरोना रोकथाम तथा नियन्त्रणमा भएको प्रयासको समिक्षा | Khabarhub Khabarhub

कोरोना रोकथाम तथा नियन्त्रणमा भएको प्रयासको समिक्षा


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको सीसीएमसी बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा भएको हो ।

त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुल्ला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा आगामी रणनीतिका बारेमा छलफल भएपनि कुनै ठोस निष्कर्षमा नपुगिएको र त्यस बिषयमा आगामी बैठकमा छलफललाई निरन्तरता दिने गरी आइतबारको बैठक सकिएको उनले बताए ।

यसअघि बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको थियो । यसैगरी बन्द रहेका क्षेत्रलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न समेत सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म