ट्रम्पमाथिको महाभियोगको असर | Khabarhub Khabarhub

ट्रम्पमाथिको महाभियोगको असर



अमेरिकाको यो २३१ वर्षको इतिहासमा पहिलोपटक राष्ट्रपतिलाई उनको एक कार्यकालमा अवधिमा दोस्रोपटक महाभियोग लाग्दैछ । एक आफ्नो कार्यकाल ऐतिहासिकरूपमा सफल रहेको दाबी गर्दै हिँडेका राष्ट्रपतिका लागि एकै कार्यकालमा दोस्रोपटक महाभियोगको सामना गर्नपर्ने अवस्था लज्जाको विषय हो ।

महाभियोग लगाउनुको एउटैमात्र कारण छ, त्यो हो राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटनमा जम्मा भएको भिडलाई उकासेको आरोप । जनवरी ६, बुधबार राष्ट्रपति ट्रम्पको समर्थनमा जम्मा भएको भिडले अमेरिकी संसद भवनमा आक्रमण गरेको थियो ।

अमेरिकाको तल्लो सदनमा लगाइएको महाभियोग प्रस्ताव सिनेटमा लगिएको छ । महाभियोग प्रस्तावका विषयमा छलफल गर्न सिनेटका सय सदस्य न्यायाधीश जसरी बस्नेछन् जसको अध्यक्षता सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गर्नेछन् ।

डेमोक्रेट नेताहरूले ट्रम्प र उनको राजनीतिमाथि हमला गरेका छन् । जनवरी ६ मा संसद भवनमा भएको आक्रमणपछि नै उनीहरूले ट्रम्पविरुद्ध लाग्ने रणनीति अख्तियार गरेका थिए । उनीहरूका अनुसार संसदमाथिको आक्रमण भनेको प्रजातन्त्रमाथिको मात्रै आक्रमण थिएन, स्वयं उनीहरूको जिउधनमाथिको पनि आक्रमण थियो ।

वर्तमान राष्ट्रपति ट्रम्पलाई लगाइएको महाभियोग प्रस्तावको फैसाला राष्ट्रपतिमा निर्वाचित जो बाइडनले पदभार समाल्नुअघि नै आउँछ भन्ने विषयमा भने शंका छ । संसदले गर्ने यो फैसलालाई राजनीतिक नाफाघाटाका रूपमा विश्लेषण गरिँदैन भन्ने आधार छैन ।

गत वर्ष डिसेम्बरमा पनि ट्रम्पमाथि महाभियोग प्रस्ताव पेश भएको थियो । त्यस बेला ट्रम्पले प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका कुनै पनि सदस्यले उनका विरुद्ध मतदान गरेका थिएनन् । अहिले परिस्थिति बद्लिएको छ । यसपटक ट्रम्पविरुद्ध उनकै पार्टीका दस जना सदस्यले महाभियोगको पक्षमा मत हाल्न सक्ने बताइएको छ । जनवरी ६ मा राजधानीमा हिंसा भड्किँदा रिपब्लिकन पार्टीका धेरै नेताहरूले ट्रम्पको विरोध गरेका थिए ।

पूर्वउपराष्ट्रपति डिक चेनीकी छोरी र हाल संसदमा रिपब्लिकन पार्टीको तेस्रो बरियताकी नेता लिज चेनीले राष्ट्रपति ट्रम्पको कदमको खुलेर विरोध गरेकी थिइन् । एक प्रसङ्गमा उनले भनेकी थिइन्, ‘अमेरिकी इतिहासमा नै कुनै पनि राष्ट्रपतिले संविधान र आफ्नो शपथको यो हदसम्म उल्लंघन गरेका थिएनन् ।’

चेनीको उक्त भनाइ डेमोक्रेट नेताहरूले बारम्बार उल्लेख गरेका छन् । महाभियोगका विषयमा सिनेटमा हुने मतदानमा रिपब्लिकन पार्टीकै कयौँ नेताले राष्ट्रपति ट्रम्पको विपक्षमा मतदान गर्न सक्ने अनुमान पनि गरिएको छ ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पको राजनीतिबाट अघि बढ्न चाहन्छन् तर डेमोक्रेट नेताहरू ट्रम्पको व्यवहारलाई अन्य रिपब्लिकन पार्टीका नेताहरूका लागि फाँसीको फन्दा बनाउने कोशिस गरिरहेका छन् ।

न्यूर्योक टाइम्सको एक रिपोर्टलाई आधार मान्ने हो भने रिपब्लिकन नेता मिच मैक्कोनले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउनु खुशीको खबर भएको बताएका छन् । उनले अब रिपब्लिकन पार्टीले ट्रम्पबाट छुटकारा पाउने भयो भनेको खबर प्रकाशित भएको छ । यससँगै रिपब्लिकन पार्टीमा ध्रुवीकरण देखिन थालेको छ ।

अबको केही दिनमा रिपब्लिकन नेताहरूले आफ्नो फैसाला गर्नेछन् । एकातर्फ डोनाल्ड ट्रम्पका समर्थक हुनेछन् जसले सन् २०१६ मा पार्टीलाई राष्ट्रपति भवन र संसद दुईवटैमा नियन्त्रण राख्नसक्ने अवस्था बनाएका थिए । अर्कोतर्फ ट्रम्पको भड्काउ राजनीतिबाट मुक्त हुने आशामा तर अनिश्चित भविष्य लिएका सांसद हुनेछन् ।

डेमोक्रेट नेताहरूले ट्रम्प र उनको राजनीतिमाथि हमला गरेका छन् । जनवरी ६ मा संसद भवनमा भएको आक्रमणपछि नै उनीहरूले ट्रम्पविरुद्ध लाग्ने रणनीति अख्तियार गरेका थिए । उनीहरूका अनुसार संसदमाथिको आक्रमण भनेको प्रजातन्त्रमाथिको मात्रै आक्रमण थिएन, स्वयं उनीहरूको जिउधनमाथिको पनि आक्रमण थियो ।

त्यसैले, राष्ट्रपतिको कार्यकाल अर्को हप्ता सकिनैलाग्दा पनि ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग लगाउने नीति लिइएको हो । ट्रम्पलाई दोस्रोपटक महाभियोग सामना गर्ने राष्ट्रपति बनाउने निर्णय चुनौतीपूर्ण पनि थियो ।

रिपब्लिकन नेताहरूले बाइडनलाई जनतासामु गरेको वाचा पूरा गर्न मुश्किल हुनसक्ने बताएका छन् । महाभियोगको यो प्रस्तावका कारणले बाइडनलाई राष्ट्रपति पदको सुरुवाती चरणमा नै चुनौतीको सामना गर्नुपर्नेछ ।

यो राष्ट्रपति ट्रम्पमाथिको महाभियोगमात्रै होइन, बरु उनको राजनीतिक भविष्यमाथिकै प्रश्न हो । महाभियोग मुद्दामा विशेष गरी उनले गत नोभेम्बरमा भएको निर्वाचनका क्रममा दिएका अभिव्यक्ति पनि समावेश गरिएको छ ।

तल्लो सदनमा भएको बहसका क्रममा डेमोक्रेट नेताहरूले ट्रम्पको व्यवहारमाथि प्रश्न उठाएका थिए । रिपब्लिकन पार्टीका नेता ट्रम्पको राजनीतिबाट अघि बढ्न चाहन्छन् तर डेमोक्रेट नेताहरू ट्रम्पको व्यवहारलाई अन्य रिपब्लिकन पार्टीका नेताहरूका लागि फाँसीको फन्दा बनाउने कोशिस गरिरहेका छन् ।

ट्रम्पको अप्ठ्यारो

कल्पना गर्नुहोस्, गएको केही महीना भएका घटनाले अर्को दिशा लिएको । मान्नुहोस्, नोभेम्बरमा भएको निर्वाचन परिणाम ट्रम्पले शान्तिपूर्वक स्वीकार गरे ।

त्यसो हुँदो हो त जर्जियामा भएको उपनिर्वाचनमा रिपब्लिकन पार्टीले कमसेकम एक सिटमा जित हात पार्ने थियो । परिणाम सिनेट सदस्यको संख्या बराबरी हुने थियो । ट्रम्प आफ्नै पार्टीका नेताहरूबाट गलहत्याइनुको सट्टा पार्टीभित्र एक योजनाकारका रूपमा रहन सक्थे । जसकारण सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पार्टीका तर्फबाट उमेद्वार हुने सम्भावना रहन्थ्यो ।

ट्रम्प अहिले सबैभन्दा मुश्किल घडीमा छन् । गएको पाँच वर्ष उनले आफ्नो आलोचक र राजनीतिक भविष्य बताउनेहरूलाई गलत सावित गर्दै आएका थिए । यो अवधिमा उनी धेरै राजनेताहरूको भविष्य नै समाप्त गर्न सक्ने खालको विवादबाट बाहिर आएका छन् ।

ट्रम्पका लागि आगामी बाटो झनै मुश्किल भएको छ । उनको सामाजिक सञ्जाल बन्द छ । उनको ट्वीटर एकाउन्ट बन्द छ । सिनेटले उनलाई अपराधी नै घोषणा गर्‍यो भने पनि आगामी निर्वाचन लड्न उनलाई रोक्न सकिने छैन । रिपब्लिकन पार्टीमा उनको प्रभाव भने कम भइसकेको छ ।

राष्ट्रपति ट्रम्पका समर्थक भने पार्टीमा उनको पकड राम्रो रहेको बताउँछन् तर पछिल्लो केही हप्ताको घटनाक्रमका कारण पार्टीभित्र उनी विरोधी खेमा बलियो भएको छ जसले उनलाई अब अर्को कुनै मौका दिने छैन ।

ट्रम्प अहिले सबैभन्दा मुश्किल घडीमा छन् । गएको पाँच वर्ष उनले आफ्नो आलोचक र राजनीतिक भविष्य बताउनेहरूलाई गलत सावित गर्दै आएका थिए । यो अवधिमा उनी धेरै राजनेताहरूको भविष्य नै समाप्त गर्न सक्ने खालको विवादबाट बाहिर आएका छन् । अहिलेको यो अवस्था उनका लागि ती अवस्थाभन्दा फरक हुनसक्छ ।

सिनेटमा चल्ने मुद्दा बाइडनका लागि पनि सहज हुनेछैन । राष्ट्रपतिको पद समाल्ने बित्तिकै उनका सामु कोरोना महामारीसँग जुध्नुपर्ने चुनौती हुनेछ । हाल अमेरिकामा दिनहुँ चार हजार मानिसको कोरोनाका कारण निधन भइरहेको छ । यसकारण अमेरिकी अर्थ व्यवस्थामा गहिरो चोट लागेको छ । उनलाई यो सबै त्यो अवस्थामा झेल्नु छ जब उनका पूर्व राष्ट्रपतिका विषयमा सिनेटमा मुद्दा चलिरहेको हुनेछ ।

बाइडनको अप्ठेरो

केही रिपब्लिकन नेताहरूले महाभियोगको प्रस्ताव अमेरिकी नागरिकबीच धु्रवीकरण गर्ने माध्यम हुनसक्ने चेतावनी दिएका छन् । महाभियोग यस्तो समयमा लाग्दैछ जब जनतालाई राहतको आवश्यकता छ । रिपब्लिकन नेताहरूले बाइडनलाई जनतासामु गरेको वाचा पूरा गर्न मुश्किल हुनसक्ने बताएका छन् । महाभियोगको यो प्रस्तावका कारणले बाइडनलाई राष्ट्रपति पदको सुरुवाती चरणमा नै चुनौतीको सामना गर्नुपर्नेछ ।

सिनेट जब राष्ट्रपति ट्रम्पमाथिको महाभियोग मुद्दामा आफ्नो फौसला दिन व्यस्त हुन्छ, त्यस्तो अवस्थामा बाइडनले पहिलो सय दिनमा गर्छु भनेर गरेको वाचा कसरी पूरा गर्छन् ? बाइडनले आफ्नो प्रशासनका लागि छनोट गर्ने व्यक्तिलाई सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ, जुन महाभियोग मुद्दाका कारण ढिलो हुनसक्छ । त्यसैले संघीय सरकारको ठूलो कार्यभार समाल्नमै चुनौती थपिदिन सक्नेछ ।

बाइडनले ट्रम्पमाथिको महाभियोग प्रस्तावका विषमया सिनेटले छलफल गर्दैगर्दा आफ्नो प्रशासनमा सहभागी हुने व्यक्तिलाई अनुमोदन गर्नसक्छ कि सक्दैन भनेर पनि सोधेका छन् । पहिलो सय दिन जोकोही राष्ट्रपतिका लागि पनि महत्वपूर्ण हुन्छ । यो त्यो समय हो जुन समयमा जुनसुकै नेता र उनको प्रशासनको राजनीतिक प्रभाव ज्यादा हुन्छ । त्यसैले महाभियोग मुद्दाले बाइडन प्रशासनको समय र ऊर्जा दुवै नष्ट गर्नेछ ।

(अमेरिकाको राजनीति र संस्कृतिको विषयमा राम्रो ज्ञान राख्ने जर्चर बीबीसी विश्वका लागि उत्तर अमेरिकी संवाददाता हुन् । बीबीसीमा जनवरी १५, २०२१ मा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : २० बजे

मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम- मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।