प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ- तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ- तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश १ सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘आफैँले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैँलाई पुक्क लात हानेर हिँडेको’ भन्दै टिप्पणी गरेकामा भट्टराईले ओलीको स्तर थाहा पाएकोमा खुशी लागेको बताएका छन् ।

भट्टराईले शनिबार राति ट्वीट गर्दै भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ३५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने