बैतडीमा एकजना भारतीय पुरुष मृत फेला | Khabarhub Khabarhub

बैतडीमा एकजना भारतीय पुरुष मृत फेला


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एकजना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका थिए ।

उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थित महाकाली नदि किनारमा भेटिएको हो । मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ५० बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा