किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक | Khabarhub Khabarhub

किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण त्रासका कारण अघिल्लो बर्ष प्रभावित बनेको दशैं यो बर्षमा केहि सहजता पाइएको छ । तथापी देशको राजधानी काठमाडौँमा भने विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल पहिले जस्तो छैन । अहिले राजधानीका चोक, गल्ली तथा टोलटोलमा दशैंको रौनक कम पाइएको छ ।

अहिले दशैंको रौनक शहरमा भन्दा पनि गाउँमा बढि हुने गरेको छ । यो बर्ष ग्रामीण भेगमा दशैँको रौनक बढि देख्न सकिन्छ । गाउँका टोलटोलमा सार्वजनिक स्थलमा मानिसको भिड छ । जो देशको राजधानी भएर पनि काठमाडौंमा पाउन सकिन्न ।

दशैंमा प्राय मानिस शहरबाट गाउँ जाने, मान्यजनहरु गाउँमा नै भएकाले आर्शिवाद थाप्न गाउँ जादाँ गाउँमा मानिसको भिड बढेको छ । यस अलावा कोरोनाका कारण त्रासमा बसेका नागरीक यस बर्ष संक्रमण जोखिमकै बीचमा भए पनि गाउँ जान पाएका छन् । त्यस कारणले पनि गाउँमा भिड बढेको, झापाका चेतनाथ लुइटेल बताउँछन् ।

पहिलेको दशैंमा भन्दा अहिलेको दशैंमा सामाजिक सञ्जालको प्रयोग भने बढेको पाइन्छ । मानिसहरु आफुले टिका थापेको फोटो भिडियो, फेसबुक, टिकटकदेखि युट्युबसम्ममा पोष्ट गर्न थालेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १२ : ११ बजे

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा