वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै | Khabarhub Khabarhub

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन् । वर्षायाममा पहिरो गइरहने पहिरेनी पाखालाई स्थानीयले बृक्षारोपण गरेर हराभरा बनाएका हुन् ।

बस्तीतिर फैलिँदै गएको पहिरेनीमा दाल्फुका स्थानीयले १८ वर्षअघि बृक्षारोपण गरेका थिए । २०६० साल असारमा रोपिएको उत्तिसको बिरुवा बढेर पहिरो ढाक्न थालेको छ । बृक्षारोपणपछि रुखबिरुवा हुर्केका कारण हाल पहिरोसमेत नियन्त्रण भएको स्थानीय दुर्गप्रसाद राईले बताए ।

हिउँदमा ठप्प हुने वर्षायाममा चल्ने पहिरोले करिब १२ रोपनीभन्दा बढि खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरोका कारण केही घरसमेत जोखिममा छन् । वर्षेनी पहिरोले आकार लिँदै जाँदा बस्ती नै जोखिममा पर्न थालेपछि स्थानीयले बृक्षारोपण गरेका थिए ।

पहिरो नियन्त्रणका विकल्पका लागि छलफल गर्दा चाँडो हुर्कने बिरुवा रोप्न उपयुक्त हुने निष्कर्ष निस्किएपछि उत्तिस, चिलाउने, लामपाते, साल लगायतका बिरुवा रोपिएको थियो । उत्तिसको रुख बढेपछि केही वर्षयता उत्तिसको बिरुवा आफै उम्रन थालेको स्थानीय बताउँछन् । पहिरेनीमा आफैँ सल्ला र चिलाउनेका बोटसमेत फैलिरहेका छन् । लगातार पहिरो गइरहन थालेपछि सो स्थानलाई पहिरेनी भन्न थालिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ०० बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका