भगवान रामको ससुरालीमा रावण वध | Khabarhub Khabarhub

भगवान रामको ससुरालीमा रावण वध


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपरण गर्ने रावणलाई वध गरे जस्तै एकै साथ रावण, मेघनाथ र कुम्भकरणको ५२ फिटको प्रतिमा बनाई जलाएर नष्ट गरिएको छ ।

भागवान रामको ससुरालको रुपामा चिनिने जनकपुरधाममा रावण वध पछिल्लो एक दशकदेखि हुँदै आएको छ । स्थानीय महावीर युवा कमिटीले दशैँको अवसरमा रावणको प्रतिमा बनाई त्यसलाई जलाएर नष्ट गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ । विगतका वर्षहरुमा रावणको मात्र प्रतिमा बनाइए पनि यस वर्ष मेघनाथ, कुम्भकरण र लंकाको समेत प्रतिमा बनाइएको थियो ।

रावण वध र लंका दहनमा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भएको आयोजक कमिटीले जनाएको छ । विगतका वर्षहरुमा कुनै राजनीतिक दलका नेताहरूले रावण वध गरे पनि यस वर्ष राम मन्दिरकै महन्थ राम गिरीले गरेका छन् ।

नेपाल, भारतको विहार,उत्तर प्रदेश लगायतका स्थानमा बसोवास गर्ने हिन्दुधर्माम्बलीहरूले सीताको अपहरण गरेको भन्दै रावणलाई नकारात्मक रूपमा लिए पनि दक्षिण भारतमा भने हिन्दु धर्मप्रति आस्था राख्नेहरूले नै रावणको पूजापाठ गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १२ : ४० बजे

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत