लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार | Khabarhub Khabarhub

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ ।

छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ ।

साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए ।

चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ ।

मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ३१ बजे

न्यूनतम साझा कार्यक्रम : वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने

काठमाडौं – सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता

रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने  

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा 

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ

चक्रवातका कारण ७०० जना अलपत्र 

सिड्नी– अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मंगलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण

कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर ! 

काठमाडौं– कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर