छुर्पी उद्योगमा आकर्षण | Khabarhub Khabarhub

छुर्पी उद्योगमा आकर्षण


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरि विदेशबाट फर्केका र सरकारी जागिर अवकाश भएका मानिसले सञ्चालन गरेको डेरी उद्योगले सञ्चालकहरुलाई मात्र नभइ केही युवालाई स्वरोजगार नै बनाएको छ।

दूधलाई प्रशोधन गरि बनाइने घ्यू र छुर्पिको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिबाट डेरी उद्योग सञ्चालन गरि राम्रो आम्दानी लिइरहेका महलक्ष्मी १ राम बहादुर पौडेल पनि छुर्पी उत्पादनबाट निकै सन्तुष्ट रहेका बताउँछन। नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि यो पेशा लागेका पौडेलले ८ जनालाई रोजगरी दिएर राम्रो कमाइ रहेको बताए।

विसं २०७४ सालदेखि आफ्नै फर्ममा उत्पादित ६० लिटर दुधबाट व्यवसाय सुरु गर्नुभएका महालक्ष्मी नगरपालिका –१ का कमल अधिकारीले अहिले दैनिक १५०० लिटर दूध प्रशोधन गर्ने गरेका छन। डेरी उद्योगबाट मासिक १५ लाखको कारोबार गरेको बताउने अधिकारीले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।

हिमाली जिल्लामा व्यावसायिक रुपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब धनकुटामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको हो। गाईंभैसीको दूध उत्पादनमा वृद्धि हुन थालेपछि र उत्पादित दुधले बजार नपाएपछि दूधको खपतको लागि छुर्पी उद्योग खोलिने क्रम बढेको छ। हुन त धनकुटामा दैनिक कति छुर्पी उत्पादन हुन्छ त्यो तथ्यांक भेटिदैन। तर, ५० भन्दा बढि उद्योग रहेका छन्।

दुध खेर नजाओस भनेर व्यावसायिक रुपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको धनकुटा २ भीरगाउँका राजु घिमिरेले बताए। उनले दैनिक एक हजार लिटर दुधको छुर्पी बनाउँदै आएको बताए। उद्योगमा उत्पादन गरिएको छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने घिमिरेको भनाइ छ।

केही वर्षअघिसम्म निजी कम्पनीमा नोकरी गर्ने घिमिरे छुर्पी उद्योगबाट निकै सन्तुष्ट रहेको बताउँछन। श्रम गरे आफ्नै गाउँ–ठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने लागेर यो पेशामा लागेको उनको भनाइ छन। घिमिरेको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ। ‘पनिर माग गरेअनुसार मात्रै बनाइन्छ। उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,’ उनले भने। उत्पादित छुर्पी इटहरी हुँदै काठमाडौं तथा अमेरिकातर्फ समेत निर्यात गरिन्छ। नौनी धनकुटा लगायत तराईको जिल्लामा खपत हुन्छ। उद्योगबाट मासिक १० लाखसम्मको कारोबार हुने गरेको उनले बताए। सबै खर्च कटाएर एक लाखसम्म बचत हुन्छ।

प्रतिलिटर ४५ मा उनले दूध खरिद गर्छन। सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ।

उनीहरुको डेरी उद्योगमा उत्पादित सामान गाउँबाटै छुर्पी प्रतिकिलो ८०० र घ्यू प्रतिसकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। यहाँ उत्पादित घ्यू, छुर्पी धनकुटा सदरमुकाम लगायत तराइका जिल्ला र काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज लगायतका शहरमा निर्यात हुने गरेको छ।

गाउँमै छुर्पी उद्योग स्थापनासँगै किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ। अलिअलि घ्यू मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएका उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन। उद्योगले दूध खरिद गर्न थालेपछि आम्दानीको स्रोतको रुपमा पशुपालन रोज्न सुरु गरेका छन। उपयोगमा नआएको दूध बिक्री हुन थालेपछि किसानलाई राहत मिलेको दूध उत्पादक किसान राजेन्द्र थापाले जानकारी दिए।

सरकारले स्वदेशमै व्यवसाय गरेका मानिसलाई धमाधम अनुदान दिइरहेको छ। तर, सरकारले दिने अनुदानमा भने उनीहरु भने सन्तुष्ट छैनन। अनुदानका लागि एकपटक जाँदा सम्बन्धित निकायले चासो नलिने र पटकपटक जान एक जना कामदार नै राख्नुपर्ने भएकाले त्यसतर्फ ध्यान नदिएको उद्योगीको भनाइ छ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ११ : ४० बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल