डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखेको छैन : डा. कोइराला | Khabarhub Khabarhub

डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखेको छैन : डा. कोइराला


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन भन्दै महाधिवेशन केन्द्रीय निर्वाचन समितिसँग छलफल गरेपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन् ।

सानेपामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भाना देखेको छैन ।’ उनले हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा वडा अधिवेशन गरिएको भन्दै सोही विषयमा निर्वाचन समितिसँग छलफल गरिएको बताए ।

डडेल्धुरा जिल्ला कार्यसमितिले अधिवेशन रोक्ने निर्णय गरे पनि निर्वाचन समितिले भदौ २५ मा वडा अधिवेशन गरेको थियो । सो वडा अधिवेशन पौडेल पक्ष र जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिस्कारसमेत गरेको थियो ।

पौडेल पक्षले सो अधिवेशनलाई मान्यता नदिन भन्दै निर्वाचन समितिलाई आग्रह गरे पनि निर्वाचन समितिले डडेल्धुरामा फेरि अधिवेशन गराउने सम्भावना नरहेको महामन्त्री कोइरालाले बताएका हुन् ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । वडा अधिवेशन भदौ १८ बाट सुरु भएको छ । हालसम्म ५७ जिल्लाको वडा अधिवेशन भइसकेको छ । बाँकी जिल्लामा वडा अधिवेशन असोज ५ गते हुने कार्यतालिका छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०