अफगानिस्तानबाट विदेशीको धमाधम उद्धार, एयर ट्राफिकमा अमेरिकाको नियन्त्रण | Khabarhub Khabarhub

अफगानिस्तानबाट विदेशीको धमाधम उद्धार, एयर ट्राफिकमा अमेरिकाको नियन्त्रण


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले अफगानिस्तानको दूतावासमा रहेका आफ्ना सबै कर्मचारी फिर्ता लगेको छ । दूतावास भवनबाट अमेरिकी झण्डा निकालिएको छ ।

अमेरिकी सेनाले एयरपोर्टको एयर ट्राफिक आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । दुई दिनमा अफगानिस्तानमा रहेका हजारौँ अमेरिकीलाई त्यहाँबाट निकाली सक्ने जनाइएको छ । यसका साथै केही अफगानीलाई पनि अमेरिकी सेनाले उद्धार गरेर आफ्नै देशमा लाने जनाइएको छ ।

यसका लागि ६ हजार अमेरिकी सैनिक अहिले अफगानिस्तानमा छन् । अहिले सयौँ व्यक्ति अफगानिस्तान छाड्न हतारिएका छन् । जुनसुकै बेला तालिवानबाट आफूहरूमाथि आक्रमण हुने हो कि भनेर उनीहरू त्रासमा छन् ।

जनरल फ्रान्क म्याकेन्जीले दोहामा रहेका तालिवान नेतासँग भेट गर्दै आफ्ना सम्पूर्ण नागरिकलाई सुरक्षित ढङ्गले बाहिर निकाल्ने कुरामा सहमत गराएका थिए ।

आइतबार काबुललाई तालिवानले नियन्त्रण लिएको केही बेरमै अमेरिकाले आफ्ना ५ सय जना कर्मचारीलाई आइतबार नै फिर्ता लगेको थियो । चार हजारमध्ये बाँकी रहेका कर्मचारी सोमबार बाहिर निकालिएका हुन् ।

यतिमात्र होइन, संयुक्त अरब इमिरेट्स (युएई) ले समेत त्यहाँ रहेका कूटनीतिक नियोगका व्यक्तिलाई उद्धार गर्न पहल जारी राखेको छ । यूएईले फ्रान्स, संयुक्त अधिराज्य, युरोपेली युनियन, क्यानडा, अस्ट्रेलिया, अमेरिका, जर्मनी र इजिप्ट लगायत देशका कर्मचारीको उद्धार गर्न युएईले पहल जारी राखेको छ ।

यसैबीच अफगान राष्ट्रपति अस्राफ घानीले देश छाड्ने निर्णय कठिन रहेको जनाएका छन् । फेसबुक स्ट्याटस मार्फत उनले आफू देशको सेवा गर्न अझै तयार रहेको पनि जनाएका छन् ।

उनले आफूले शान्तिपूर्णरूपमा सत्ता नछाडेको भए तालिवानले काबुल नै रक्ताम्मे बनाउने योजना बनाएको र सत्ता छाडेर धेरैको ज्यान जोगाएको उल्लेख गरेका छन् ।

आइतबार नै उनी ताजकिस्तान गएको भनिए पनि ताजकिस्तान अन्तिम लक्ष्य नरहेको जनाइएको छ । अफगानिस्तानमा आएको संकट बारे अमेरिकी राष्ट्रपति जो वाइडेनले केही दिनमै राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राष्ट्र संघले मानव अधिकारवादी सङ्गठनसँग मिलेर तयार गरेको रिपोर्टअनुसार पछिल्लो एक महिनामा १७ हजार ५ सय व्यक्ति विस्थापित भएका छन् । तीमध्ये धेरै जना गजनी र लोहार प्रान्तबाट अहिले काबुलमा शरणार्थीको रूपमा बसोबास गर्नेहरू छन् ।

‘कोअर्डिनेसन फर ह्युमेनेटेरियनय अफेयर्स’ का अनुसार १३ हजार ५ सय जनालाई उनीहरूले आवास, खाना, बसोबास तथा न्यूनतम आवश्यकताका सामानको व्यवस्था गरिएको छ ।

अमेरिकाले आफ्ना नागरिक त्यहाँबाट निकालेसँगै फ्रान्सले पनि दुई विमान मार्फत आफ्ना सबै नागरिकलाई फिर्ता लैजान कदम चालेको छ ।

अफगानिस्तानको पछिल्लो घटनाक्रम बारे कुरा गर्दै टर्कीका प्रधानमन्त्री रेसेप ताइएब एर्डोगानले पाकिस्तानसँग मिलेर अफगानिस्तानमा स्थायित्वका लागि प्रयास गर्ने बताएका छन् । सो क्षेत्रमा शान्ति र स्थायित्वका लागि प्रयास निरन्तर राख्ने उनले बताए ।

तालिवानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि धेरै देशले आफ्ना कर्मचारीलाई फिर्ता बोलाए पनि रुसले भने आफ्नो दूतावास यथावतै राख्ने भएको छ । तालिवानले रुसलाई सुरक्षित ढङ्गले त्यहाँ रहन सक्ने ग्यारेन्टी गरेसँगै रुसले आफ्ना कर्मचारीलाई त्यहीँ राख्ने निर्णय गरेको हो ।

तालिवानले राष्ट्रपति कार्यालयसहित सत्ता कब्जा गरेपछि त्यहाँको केन्द्रीय बैंक कसरी चल्ने हो भन्ने प्रश्न उठेको छ ।

सत्ता कब्जापछि तालिवानले गैरतालिवान अफगानीहरूलाई पनि सत्तामा समावेश गर्ने घोषणा गरेको छ । तालिवान प्रक्ता साहेन सोहेलले पूर्वसत्ताका केही परिचित अनुहारलाई तालिवान सत्तामा पनि समावेश गर्ने जनाएका छन् ।

विकसित घटनाक्रमसँगै अमेरिकासहित पाँच दर्जन देशले संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरूको सुरक्षामा चासो देखाएका छन् । त्यहाँ कुनै क्षति भएको अफगानिस्तान नै जिम्मेवार हुने उल्लेख गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बुर्कीना फासो, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, चेक गणतन्त्र, डेनमार्क, डोमेनिक गणतन्त्र र एल साल्भाडोर छन् ।

इस्टोननिया, हाइ रिप्रेजेन्टेटिभ अफ द युरोपियन युनियन फर फरेन एफेयर्स एन्ड सेक्युरिटी पोलिसी, फेडरल स्टेट अफ मिक्रोनेसिया, फिजी, फिनल्यान्ड, फ्रान्स, जर्जिया, जर्मनी, घाना, ग्रिस, ग्वाटेमाला, गुयना, हाइटी, होन्डुरस, आयरल्यान्ड, आइसल्यान्ड, इटाली र जापानले पनि संयुक्त विज्ञप्तिमा समावेश छन् ।

लाट्भिया, लाइबेरिया, लिचेस्टाइन, लिथुवानीया, लक्जेम्बर्ग, माल्टा, मार्सल आइसल्यान्ड, माउरिसानिया, नाउरु, नेदरल्यान्ड, न्युजिल्यान्ड, नाइजर, नर्वे, पलाउ, पनामा, पाराग्वे, कतार, कोरिया, साइप्रस, रोमानिया, सियरायिोन र स्लोभाकियाले पनि विज्ञप्तिमा समावेश छन् ।

विज्ञप्ति जारी गर्ने अन्य देशमा स्पेन, सुरीनाम, स्विडेन टोगो, टोंगा, युगान्डा, संयुक्त अधिराज्य, युक्रेन र यमन छन् ।

-एजेन्सीहरूको सहयोगमा

 

 

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६