पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन | Khabarhub Khabarhub

पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पान्द्राङ्मा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई यातायात सञ्चालन गरिएको छ । पहिरो हटाएर हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा अपराह्नबाट सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी गाउँपालिका–२ पान्द्राङमा करिब १०० मिटरसम्म सुख्खा पहिरो खस्दा हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा केही घण्टा अवरुद्ध हुनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

त्रिभुवन राजपथको हेटौँडादेखि नौबिसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको दैनिक यातायात सेवा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र