२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी जम्मा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ? 

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४,  झापामा १५१,  ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २,  भोजपुरमा ७,  मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १०,  बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

वाग्मती प्रदेशको काठमाडौंमा ३४३, काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२, मकवानपुरमा ४९, रसुवा ४, रामेछापमा ७, ललितपुरमा १३६, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३८, गोरखामा ५,  तनहुँमा १२, नवलपरासी पूर्वमा ४०, पर्वतमा १, म्याग्दीमा २,  लमजुङमा ९, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ३, दाङमा ११, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा २, बाँकेमा ७, रोल्पामा १ र रुपन्देहीमा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, कालिकोटमा ५,  हुम्ला ६, डोल्पा १, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा ३५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २७, कैलालीमा ५१, दार्चुलामा १, बझाङमा १  र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ०९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ