पेय पदार्थको विक्री वितरण र जमघट नगर्न दूतावासको आग्रह | Khabarhub Khabarhub

पेय पदार्थको विक्री वितरण र जमघट नगर्न दूतावासको आग्रह


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारस्थित नेपाली दूतावासले इस्लामहरूको महान पर्व ईद–अल–अदाको छुट्टीको समयमा कतार सरकारले निषेधित गरेको पेय पदार्थको बेचविखन अनावश्यक जमघट नगर्न आग्रह गरेको ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतारमा कार्यरत नेपाली समुदायलाई इद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको जानकारी गराउदै धर्म, संस्कृति, परम्परा र मान्यता विपरित कुनै पनि कार्य नगर्न सचेत गराएको छ ।

अघिल्लो वर्षहरूमा कतारमा नेपालीले ईद लगायतका लामो छुट्टीमा सार्वजनिक स्थानमा ठूलो संख्यामा जमघट गर्ने, कतिपयले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका जनाउदै कानुनले निषेधित गरेको कुनै पनि कार्य गर्न–नगराउन दूतावासले अनुरोध गरेको छ।

केहि महिना अघिमात्र कतार सरकारले नेपाली समुदायका अगुवामार्फत कतार नेपालीहरूको गैरकानुनी गतिबिधि बढेको भन्दै सचेत गराउन भनेको थियो ।

यसैगरी, इदको अवसरमा तीन दिन दूतावास बन्द हुने जनाउदै बिदाको समयमा पनि राहदानी प्राप्त गर्न सहज होस् भनेर विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म राहदानी वितरणको व्यवस्था गरिएको जनाएको छ ।

विदाको समयमा कुनै अत्यावश्यक काम परेमा ३३५६०११७ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०