बाढीपहिरोमा परेर ६ जनाको मृत्यु, २७ बेपत्ता | Khabarhub Khabarhub

बाढीपहिरोमा परेर ६ जनाको मृत्यु, २७ बेपत्ता


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १-१ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो ।

यसैगरी २७ जना बेपत्ता र ११ जना घाइते भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी-पहिरोका घटना भएका हुन् ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेका छन् ।

मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुई वटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त छन् । बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् ।

त्यहाँ दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ ।

मनाङमा बाढीले ५३ घर बगाएको छ भने २६ वटा घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै पाल्पामा अविरल वर्षासँगैको पहिरोको कारण एकजनाको ज्यान गएको र स्याङ्जामा एकजना घाइते भएको तथ्यांक छ ।

लमजुङमा बाढीले १० वटा घर बगाएको छ भने ३९ वटा घरमा क्षति पुर्‍याएको छ । डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ ।

जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सात जना बेपत्ता भएका छन् । अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर पनि बगाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ५४ बजे

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता