कर तिर्न राजस्व विभागले जारी गर्‍यो नयाँ तालिका  | Khabarhub Khabarhub

कर तिर्न राजस्व विभागले जारी गर्‍यो नयाँ तालिका 


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्तकरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ ।

विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।

२०७७ चैत र २०७८ बैशाख महिनाको मासिक तथा द्विमासिक मूल्य अभिवृद्धि कर असार २५ गतेभित्र तिरिसक्न विभागले आग्रह गरेको छ ।

आयकर ऐन २०५८ बमोजिमका २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम पनि असार २५ गतेभित्र बुझाउनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५ भित्र बुझाउन पर्ने छ ।

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार सेवा दस्तुर पनि असार २५ गतेभित्र बुझाउन विभागले आग्रह गरेको छ ।

यस्तो छ सूचना

 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ५५ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार