फिनल्याण्डको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार विजयी | Khabarhub Khabarhub

फिनल्याण्डको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार विजयी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छन् । उनी उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् ।

गत सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् । ६२६ मत प्राप्त गर्दै उनी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक व्यक्तित्वको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले प्रतिक्रिया दिइन् ।

काठमाडौँको बसन्तपुरमा हुर्किएकी ताम्राकार पछि बुढानीलकण्ठमा बसेकी थिइन् । अध्ययनका क्रममा उनी फिनल्याण्ड पुगेकी हुन् ।

उनले फिनल्याण्डमा रहेका पहिलो पुस्ताका नेपालीहरूले आप्रवासी प्रणाली, शिक्षा, स्वास्थ्यलगायतमा कुनै झमेला भोग्न नपरोस् भनी नीतिगत तहमै सहजता ल्याउन आफू लाग्ने समेत बताएकी छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : १२ बजे

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का